Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Friday, August 11, 2017

कार्टुुन्ज क्रुुको क्रेज


रामकला खड्का

कीर्तिपुरमा बस्ने केही युुवा मिलेर नृत्य समूह सुुरु गरे, ‘ब्वायज अफ कीर्तिपुर’ । केही वर्षपछि यसका सदस्य अन्यत्र गए । संस्थापकमध्येका सरोज अधिकारीको पहलमा सन् २०१० मा सुुरु भयो कार्टुुन्ज क्रुु । टेलिभिजनमा कार्टुुन हेर्दा जति रमाइलो हुुुुन्छ, त्यही अनुुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम ‘कार्टुुन्ज क्रुु’ जुुराएको उनको भनाइ छ । सुुरुमा बी बोइङमात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा ‘ब्याटल अफ द इयर’मा भाग लिने अवसर पायो । समूह सेमिफाइनलसम्म पुुगेको थियो ।

सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा पनि १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर उनीहरू दोस्रो भएका थिए । सोलो ब्याटलमा आस्मा बी बोइङमा केटालाई समेत उछिनेर सेमिफाइनलमा पुुगिन् । आफ्नो पहिलो कभर भिडियो जालमा युट्युुबमा भाइरल भएपछि काटुुन्ज क्रुु निकै हौसियो । त्यसपछि उनीहरूका गीत हिट हुुँदै गए । त्यसमध्ये पानी प¥यो र नाइँ मलाई थाहा छैन करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । कुुनै पनि भिडियो सुुट गर्दा उनीहरू एकअर्कासँग चल्छन्, रमाउँछन् र आफूभित्रको रमाइलोपनलाई भिडियोमा देखाउने प्रयास गर्छन् ।

आफूले वास्तविक जीवनमा पूरा गर्न नसकेका कुुरा भिडियोमा पात्रमार्फत देखाउने गर्छन् उनीहरू । कुुनै पनि भिडियोको कन्सेप्ट डिरेक्सन सरोजले गरे पनि कोरियोग्राफी सबै मिलेरै गर्छन् । लोक शैलीको नेपालीपन झल्कने गीतमा भिडियो गर्न रुचाउने उनीहरू आफूले गर्ने कुुनै पनि नयाँ गीतमा पहिलेको भन्दा अझै राम्रो प्रस्तुुति दिने प्रयत्न गर्छन् । पैसाका लागि आफूहरूले काम नगरेकाले सुरुमा पैसा नहुुँदा सबैले उठाएरै भिडियो बनाएका उनीहरूको भनाइ छ । अहिले परिवार, साथीभाइ र प्रशंसकको साथ पाएकोमा क्रुुका सदस्य दंग छन् ।

कसैको गीतमा नाच्दा उनीहरूले एकदेखि डेढ लाख रुपैयाँसम्म पारि श्रमिक लिन थालेका छन् । तर, सबैलाई बाँड्दा त्यो रकम नगन्य हुुन्छ । समूहमा आस्मा, लाक्पा, रामलगायतले राम्रो गाउन पनि सक्छन् । त्यसैले अबका दिनमा आफ्नै समूहले गीत निकालेर त्यसमै भिडियो बनाए पछिसम्म टिक्न सजिलो हुुने उनीहरूको सोच छ । कभर सङ गरेर जति नै चर्चा कमाए पनि प्रतिलिपि अधिकारका कुुराले गर्दा आफूहरूले डाइरेक्ट भिडियो गर्न थालेको सरोजले बताए । आफ्नै खेतमा हलो नजोती फल खान पाइन्न भन्ने निष्कर्षमा यो समूह पुगेको छ ।

आस्माको घरमा विवाहको कुुरा गर्न उनकी आमा नै डराउँछिन् उनीसँग । तीन वर्षसम्म आफूलाई कुुरेर बसेको केटालाई समेत नाइँ भनिदिइन् उनले । समूहका सदस्य दैनिक पाँच ६ घन्टा एउटै हलमा बसेर नृत्य अभ्यास गर्छन् । त्यसैले परिवार भने पनि, साथी भने पनि एकअर्का नै हो भन्ने सबैले एकै स्वरमा भने । कहिलेकाहीँ साथीहरू ढिला आइपुुगे सरोजले हप्काउने गर्छन् । तर, यही ठाकठुुकले आफूहरूबीचको सम्बन्ध झन् गाढा बन्दै गएको उनीहरूले बताए । यस क्षेत्रमा उनीहरूको कुुरा काट्ने पनि छन् । तर, त्यसबाट विचलित नभई सकारात्मक रूपमा लिएर आफूलाई नै सुुधार्ने कोसिस गर्छन् उनीहरू । यस क्षेत्रमा लागेका व्यक्तिहरूबीच एकअर्कामा एकता हुुनुुपर्ने र एकले अर्कालाई सम्मान गर्ने परिपाटी बसाउनुुपर्ने उनीहरूको धारणा छ ।

मन खोलेर नाँच्दा दामी देखिन्छ :  सरोज अधिकारी

सरोज अधिकारीको स्थायी घर महोत्तरी बर्दिबास भए पनि सानैदेखि सरोज कीर्तिपुर पाँगामा नै हुुर्किए । विद्यालयका हरेक कार्यक्रममा उनलाई नाच्न लगाउँथे । त्यसैले उनलाई स्कुुल लाइफ सेलिब्रेटीकै रूपमा लिन्छन् उनका साथीहरू । नृत्यलाई निरन्तरता दिएका कारण पढाइ पूरा गर्न नसकेकोमा उनलाई दुुःख लाग्छ । तर, अझै उमेर बाँकी रहेकाले पढ्ने रहर छ उनमा । मन खोलेर नाच्दा दामी देखिन्छ भन्ने उनलाई लाग्छ । जीवनभर यही क्रुुमा आबद्ध भएर यसलाई नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनाउने उनको सोच छ ।

...

नेपाललाई विश्वमा चिनाउँछुु : आस्मा विश्वकर्मा

सानैदेखि नृत्यमा सोख थियो । एक दिन आफ्नो मिल्ने साथी सुुरज मगरले बी गर्ल नामक चलचित्र देखाएपछि उनलाई बी बोइङ केटीले पनि गर्नसक्ने रहेछन् भन्ने लाग्यो । उक्त नृत्य युट्युुब हेर्दै सिक्न थालिन् । धरानकी आस्मा जोरपाटीमा बस्छिन् । कार्टुुन्ज क्रुुमा आबद्ध भइसकेपछि परिवारबाट पनि साथ पाउँदै गइन् । उनले आफ्नो समूहका पाँचजना साथीबाट आफ्नै परिवारको दाजुुभाइभन्दा पनि बढी साथ र सुुरक्षा पाएकी छन् । बी गर्लको रूपमा परिचित आस्मा आफ्नो समूहकै माध्यमबाट विश्वमा नेपालको नाम चिनाउन चाहन्छिन् ।

...

नाचेकै पैसाले एसएलसी पास : राम घले गुुरुङ

नुुवाकोट घर भई लाजिम्पाटमा बस्दै आएका राम घले गुुरुङ पहिले जिन्म्यास्टिक गर्ने गर्थे । पछि गएर एक्सन चलचित्रको हिरो बन्छुु भन्ने उनलाई लागेको थियो । तर, त्यति बेला बी बोइङको ट्रेन्ड चलेकाले उनी पनि ठमेलमा गएर यो नृत्य सिक्न थाले । उनको एसएलसीको परीक्षा हुुँदा जहिले पनि कुुनै ठूलो प्रतियोगिता पर्ने गरेकाले उनले परीक्षामा ध्यान केन्द्रित गर्न सकेनन् र चारपटकसम्म अनुत्तीर्ण भए । पछि आस्माले एक कार्यक्रम गरेर दिएको पाँच हजार रुपैयाँले फारम भरेर उनी उत्तीर्ण भए । हाल १२ कक्षा दिएर बसेका उनी अहिले भने सबैको साथ पाएकोमा दंग छन् ।

...

अस्पतालमा पनि सिक्न जान्थेँ : लाक्पा लामा

काभ्रेका लाक्पा लामो समयदेखि स्वयम्भूमा बस्दै आएका छन् । विद्यालयमा ठूला दाइहरूले गरेको देखेर उनलाई पनि नृत्यमा रुचि जाग्यो । नृत्यमा लाग्दा उनका दाइले पढाइमा नै ध्यान दिन भन्थे । तर, उनी नृत्य अभ्यासका लागि घरबाट भागीभागी हिँड्थे र कहिले खुुला चौरमा त कहिले अस्पतालको मार्बल भएका ठाउँमा गएर गर्ने गर्थे । पछि गएर एउटा रेस्टुुरेन्टमा काम गर्ने गरेका उनलाई क्रुुको तर्फबाट प्रस्ताव आएपछि समूहमा आबद्ध भए ।

...

पानी ल्याउने निहुुँमा नृत्य : सुुबिन चौहान

भोजपुुरका सुुबिन बानियाँटारमा बस्छन् । पहिले उनी फ्लिप गर्ने गर्थे । साथीहरूले दामी छ भनेपछि उनको हौसला बढ्दै गयो । रामले बी बोइङ गरेको देखेर उनलाई पनि गर्न मन लाग्यो । रामको घरमा पानी लिन जाने निहुुँमा उनी ग्यालिन बोकेर अलि चाँडै नै जान्थे । त्यही निहुुँमा नृत्य अभ्यास गरेर बस्थे । घरमा बसे काममात्रै लगाउने देखेर उनी साथीको घरमा गएर नृत्य सिक्थे । सरोज अधिकारीले बोलाएपछि क्रुुमा आबद्ध भएको उनले बताए ।

...

पहिले नाच्न लाज लाग्थ्यो : विकास राई

विकासलाई नाच्न साह्रै लाज लाग्थ्यो । हाउभाउचाहिँ उनी देखाउँथे तर नाच्न आउने थिएन । स्टेप अप नामक एक अंग्रेजी चलचित्र हेरेपछि उनलाई जोश र जाँगर बढ्यो । क्रुुमा आबद्ध भएपछि उनलाई स्वतन्त्र महसुुस भयो र आफूले चाहेको कुुरा प्रस्तुुत गर्न पाएको पनि भान भयो । स्नातकोत्तर तहको तेस्रो वर्षसम्म पनि उत्तीर्ण हुुन नसकेपछि उनी पुुनः बीबीएमा भर्ना भए । नृत्यमै व्यस्त भएर पढाइमा समय दिन नसके पनि हार मान्ने भने उनको बानी छैन ।

...

कार्टुुन क्रुुका चर्चित भिडियो


पानी प¥यो
नीर जहिले
ल्याङ ल्याङ
नाइँ मलाई थाहा छैन
माया माया
कान्छी मायालुु
मोटरसाइकल

Tuesday, October 13, 2015

अघिल्लो दिन सिन्दूर भोेलिपल्ट पोते


हास्य कलाकार शिवहरि पौडेल दर्शकमाझ ‘मुुुुखाँ हान्नुजस्तो’ थेगोबाट बढी चिनिएका छन् । जितु नेपालसँग मिलेर ११ वर्षदेखि टेलिचलचित्र ‘जिरेखुुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गर्दै आएका पौडेलको कलाकारिता यात्रा २०४५ सालदेखि सुरु भएको हो । सुनील पोखरेल, सरोज खनाललगायतले सुरु गरेको आरोहणमा हुने नाटक हुदै २०४७ सालदेखि सडक नाटक गर्न थाले ।

लय संग्रौलाको ‘ऊ अब एक्लो छैन’ टेलिशृंखलाबाट टेलिचलचित्रमा अभिनय सुुरु गरेका उनले घरभित्रको दुुुश्मन, समस्यै समस्या, सन्ध्या सारस आदिमा अभिनय गरे पनि सय भागको टेलिचलचित्र ‘देवी’ले लोकप्रिय बनायो । बद्री अधिकारीको निर्देशनमा बनेको ‘दुुश्मन’बाट ठूलो पर्दामा अभिनय सुुुुुुुरु गरेका पौडेलले चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । बहुप्रतिभाशाली कलाकार पौडेल बैंसमा कस्ता थिए त, उनकै शब्दमा ।

Friday, September 25, 2015

मन परेपछि जसले पनि प्रस्ताव राख्न पाउँछ

काठमाडौंको लाजिम्पाटमा जन्मिएकी शकुुन्तला शर्माले युुवक माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरिन् । ११ वर्षको उमेरमै उनले ‘पलाँसको फूल’ नामक नाटकबाट अभिनय यात्रा सुुरु गरेकी हुुन् । पढाइ छाडेर अभिनयमा लागेको भन्दै घरमा राख्दिनँ, निकालिदिन्छुु भन्थे उनलाई । छोरीमान्छे अभिनयमा लागेको राम्रो नमान्ने समयमा उनी भागीभागी नाटकमा अभिनय गर्न जान्थिन् । तर गीत गाउन, नाच्न र अभिनय गर्न उनले विद्यालयबाट भने निकै प्रोत्साहन पाउने गर्थिन् । २०२३ सालदेखि रेडियोमा काम गर्न थालेकी शकुुन्तलाले २०२६ देखि २०६६ सालसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा काम गरिन् । यता आए पनि रेडियो नाटकमा अभिनयलाई निरन्तरता दिएकी उनले हालसम्म ७० भन्दा बढी नाटक, एक दर्जनभन्दा बढी चलचित्र र आठवटाभन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेकी छन् । पति हरिहर शर्मासँग चलचित्र ‘बदलिँदो आकाश’, ‘वासुुदेव’, ‘मायाप्रीति’, ‘सन्तान थरीथरीका’, ‘चेलीबेटी’लगायतका चलचित्रमा अभिनय गरेकी कलाकार शकुुन्तला शर्मा बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा ः

Friday, September 18, 2015

मलाई हेर्न कलेजमै आउनुुुुभयो

गोर्खाबाट एसएलसीसम्मको पढाइ सकेपछि कलेज पढ्न सिर्जना सिंह काठमाडौं आइन् र महाबौद्धस्थित नर्सिङ कलेजमा पढ्न थालिन् । ९ कक्षामा छँदा २०३३ सालमै नेपाली काँग्रेसको सदस्यता लिएकी सिर्जना कलेजमा पनि विद्यार्थी राजनीतिमा सक्रिय रहिन् । नर्सिङमा पहिलो श्रेणीमा उत्तीर्ण भएपछि उनलाई नेपालगन्ज नर्सिङ क्याम्पसमा पढाउन पठाइयो । तर उनका बुुुुवाले छोरीलाई नेपालगन्ज पठाउन नचाहेपछि अर्थशास्त्रमा प्राइभेट आईए पढिसकेकी सिर्जना शंकरदेव कलेजमा बीकम भर्ना भइन् । नर्सिङ क्याम्पसमा पढुुुुन्जेल नेबि संघ एकाइ सभापति रहेकी सिर्जनाले शंकरदेव गएपछि युुुुनियनमा कोषाध्यक्ष जितिन् । विद्यार्थी जीवनमा पटक पटक गिरफ्तारीमा परेकी सिर्जनाले त्यतिबेला थुुुुप्रै क्रियाकलापमा सक्रिय रहिन् । २०३६ सालमा महिला बहुुदल प्रचारप्रसार समितिको गोरखा जिल्ला सभापति भइसकेकी सिर्जना हाल नेपाल महिला संघको काठमाडौं जिल्लाको प्रमुुुुख सल्लाहकार छिन् । सर्वोच्च नेता गणेशमान सिंह र मंगलादेवी सिंहकी बुुहारी एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना हाल विभिन्न सामाजिक काममा सक्रिय छिन् । सिर्जना बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा ः

Friday, August 28, 2015

जीवनसाथी बनाउन कसैलाई हेरिनँ


प्यूठानमा जन्मिएका हरिहर शर्माले स्कुुुुले जीवन आसाममा बिताए । बुुुुवाको जागिरको सिलसिलामा उनको विद्यालय शिक्षा उता भए पनि क्याम्पस पढ्न काठमाडौं नै आए । डाक्टर बन्ने लक्ष्य राखेका हरिहर अस्कल क्याम्पसमा भर्ना भए । विद्यालयदेखि नै नाटकमा अभिनय गर्दै आएका हरिहरको त्यो सोख क्याम्पस जीवनमा अझ झाँगियो । पढाइमा अब्बल भए पनि कलाकारितामा उनको झुुुुकावले स्नातक तहमा विषय नै परिवर्तन गरे । सामान्य प्रशासन विषयमा स्नातकोत्तर पूरा गरेका हरिहरले २०३० सालमा कलाकारका रूपमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा जागिरे जीवन सुुुुरु गरे । प्रतिष्ठानमा सदस्यसचिवसम्मको जिम्मेवारीमा रही २०६९ मा अवकाश लिए । २०५३ देखि २०६१ सालसम्म राष्ट्रिय नाचघरमा पनि उनले सेवा पुुुु¥याए । नाचघरको हालको भवन निर्माणमा पहल गर्ने हरिहरले त्यहाँ महाप्रबन्धकसम्मको पदमा रहेर काम गरे । ७० भन्दा बढी नाटक, ७२ वटा चलचित्र र १० भन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेका हरिहर बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ः

Monday, August 17, 2015

जसको भात खायो उसैको छोरी ताक्न मिल्दैन

करिब २००७ सालदेखि भैरव नृत्य दलमार्फत कुुमार बस्नेत ठाउँठाउँमा नाच्न जान थाले । नाचसँगै गाउन पनि सिपालुु उनले २०१५ सालमा रेडियो नेपालमा स्वरपरीक्षा पास गरे । कुुमार र उनीसँगै स्वरपरीक्षा पास भएका उही गोविन्दबहादुुर गुुरुङ र ज्ञानबहादुुर श्रेष्ठ गीत रेकर्डिङको लागि कलकत्ता गए । नेपालको पहिलो चलचित्र ‘आमा’ का संगीत निर्देशक भी बलसाराको संगीतमा लोकगीत ‘चौतारी घ्याङ्ला’ र आधुुनिक गीत ‘रिमझिम पानी पर्ला’ रेकर्र्ड गराए कुुमारले । त्यतिबेला सांगीतिक क्षेत्रमा लागौंला भनेर सपनामा पनि नचिताएका कुुमार आज राष्ट्रकै वरिष्ठ एवं लोकप्रिय गायक बनेका छन् । २०२१ सालसम्म पनि नाच्दै हिँड्ने कुुमार आफ्ना गीत जनताले मन पराएपछि गायनमै लागेको बताउँछन् । नेपाल प्रतिलिपि अधिकार संरक्षण समाजका सल्लाहकार र नेपाल सांगीतिक संघको संस्थापक अध्यक्षसमेत रहेका कुुमारको चार सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । थुुप्रै एल्बम निकालेका यी गायक बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ।

Sunday, August 2, 2015

त्यतिबेलाका केटी साह्रै लजालुु : गायक प्रेमध्वज प्रधान


‘घुुम्तीमा नआऊ है’, ‘तारामात्रै होइन तिमीलाई’ लगायतका अनगिन्ती लोकप्रिय गीत गाएका प्रेमध्वज प्रधानले आफ्ना पुराना चर्चित गीत संग्रहित गरेर ‘परेलाले डाकुुँ डाकुुँ’ एल्बम निकालेका छन् । २०१४ सालमा उनले तारादेवीसँग गाएको भूपि शेरचनको गीत ‘यो नेपाली शिर उचाली’ अहिले पनि त्यतिकै लोकप्रिय छ । रेडियो नेपालमा २०२३ सालसम्मको अवधिमा उनले बिना रेकर्डिङ सयभन्दा बढी गीत गाएका थिए । उनको स्वरमा तीन सय आधुुनिक गीतका साथै राष्ट्रिय गीत, भजन, लोकगीत र नेपाल भाषाका गीत पनि त्यतिकै गाएका छन् । नेपाली सांगीतिक क्षेत्रमा जिउँदो इतिहासका रूपमा रहेका प्रेमध्वज बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ।

Friday, July 24, 2015

युवती हेर्दा नसा चढ्थ्यो

हे महाभूकम्प तिम्रो
कति अनौठो कम्प यो ?      
मात्र एकै कम्पले पनि
एक जुगकै अन्त भो
कति ढले घर, मठ र मन्दिर
सहर, गाउँ मसान भो
यो त हाम्रो अहम्प्रति नै
वज्रपात समान भो...।
गीतकार दुर्गालाल  श्रेष्ठले भूकम्पपछि लेखेका ‘विपत्तिमा गुञ्जिएको समवेत गान’ का केही हरफ हुन् यी । उनले यस्ता थुप्रै सुन्दर गीत रचना गरेका छन् । उनले सिर्जना गरेको ‘फूलको आँखामा फूलै संसार’ गीत धेरैले गुनगुनाउने गर्छन् । एसएलसीपछि पढाइ छाडेर सांस्कृतिक क्षेत्रमा लागेका चर्चित गीतकार  श्रेष्ठ बैंसमा कस्ता थिए त ?   उनकै शब्दमा ।

Sunday, July 19, 2015

'इन्डष्ट्रीमै मेरो कम्मरको चर्चा हुन्थ्यो'

२०४१ सालमा राष्ट्रिय नाचघरमा पाएको जागिरसँगै रूपा रानाको अभिनय यात्रा आरम्भ भएको होे । हरिप्रसाद रिमालले उनलाई स्टेजमा उतारेका हुुन् । २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि उनी टेलिचलचित्रमा काम गर्न थालिन् । रूपा अभिनीत पहिलो टेलिचलचित्र भवानी भिक्षुुको कथामा आधारित ‘त्यो फेरि फर्केला ? ’ हो । विभिन्न टेलिचलचित्र हुुँदै चलचित्र ‘भाग्यरेखा’बाट ठूलो पर्दामा डेब्युु गरेकी उनले अभिनय गरेको पहिलो चलचित्र ‘चोर’ हो । अहिलेसम्म एक दर्जनभन्दा बढी नाटक, दुुई दर्जन टेलिचलचित्र र लगभग तीन दर्जन चलचित्रमा अभिनय गरेकी रूपा राना हाल चलचित्र विकास बोर्डकी सदस्य छिन् । भक्तपुुर दूधपाटीस्थित करुणा आ श्रमकी उपाध्यक्ष एवं मेघा ड्रिम सहकारीकी सञ्चालक रूपा बैंसमा कस्ती थिइन् त ? उनकै शब्द :

Friday, June 26, 2015

राहतमा जुटे हलिउड स्टार

रामकला खड्का 
विनाशकारी भूकम्पले धेरै जनधनको क्षति मात्रै होइन, नेपालीमाझ डर र त्रासको वाताबरण पनि सिर्जना गरेको छ। यस्तो अवस्थामा पीडितलाई खानेकुरा, पाललगायतका राहत सामाग्रिबाहेक उनीहरूको मनोबल बढाउनुपनि उत्तिकै आवश्यक छ। यस्तो काम नेपाली सेलिब्रेटीले त गरेकै छन्। यसमा साथ दिन विश्वका चर्चित स्टारहरू पनि नेपाल आइपुगे। उनीहरूले भूकम्पपीडितको शाररीक र मानसिक घाउमा मल्हम मात्रै लगाएनन्, विश्वभर नेपाल अझै सुरक्षित, शान्त र सुन्दर छ भन्ने सन्देश पनि फैलाए। 

पतिसँग बोल्न मौका कुर्नुपथ्र्यो


टेलिशंृखला ‘हिजो आजको कुरा’ होस् वा ‘तीतो सत्य’ उत्तिकै प्रभावकारी भूमिकामा अभिनय गरिन् कलाकार रमा थपलियाले। भिडियो चलचित्र ‘मायाजाल’ बाट अभिनय सुरु गरेकी उनले हालसम्म ४५ भन्दा बढी कथानक एवं दर्जनौं टेलिचलचित्रमा अभिनय गरिसकेकी छन्। खाने तेल, मसला, मोबाइललगायतका विज्ञापन एवं दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी थपलिया बैंसमा कस्ती थिइन् त? उनकै शब्दमा : 

मन परेपछि ‘आई लभ यु’ भनिहाल्नुपर्छ

राधा लम्साल 
लगभग २३ वर्ष पहिले टेलिचलचित्र ‘पर्खाल’बाट अभिनययात्रा आरम्भ गरेकी राधा लम्साल (भाबो)ले हालसम्म थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरिसकेकी छन्। सन्तोष पन्तको ‘हिजोआजका कुरा’बाट चर्चामा आएकी उनी हिजोआज ‘तीतो सत्य’मा खेल्ने गर्छिन्। ब्युटिसियन एवं अभिनेत्री भाबो बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा : 

Thursday, June 25, 2015

'भागौंला भनेर केटी हेर्न मानिनँ'

सबैभन्दा बढी महिलाले विश्वास गर्ने पुरुष डाक्टर हुन्, भोला रिजाल। चिकित्साशास्त्रमा जत्तिकै ख्याति कमाएका छन् उनले संगीत क्षेत्रमा पनि। देशमै बसेर बिरामीको सेवा गर्ने नेपालको पहिलो पुरुष स्त्रीरोग विशेषज्ञ डा. रिजालले हालसम्म २५ सयभन्दा बढी गीत लेखिसकेका छन्। लक्ष्मीपूजा, छोरीबुहारी, जूनतारा, उकाली ओराली, गौंथलीलगायतका नौवटा चलचित्र बनाइसकेका उनको रेकर्डिङ भएका गीतको संख्या दुई सय ५० भन्दा बढी छन् भने चलचित्रमा सयभन्दा बढी भइसकेका छन्। चिकित्सा र कला दुवै क्षेत्रमा सफल डा. रिजाल बैंसमा कस्ता थिए त ? उनकै शब्दमा: