Showing posts with label Children. Show all posts
Showing posts with label Children. Show all posts

Friday, August 11, 2017

बालबिवाह अन्त्यको राष्ट्रिय अभियान शुरु

बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद

रामकला खड्का
काठमाडौं, २६ साउन : मोरङका चन्दन ऋषिदेवले १६ वर्षको उमेरमा आफूभन्दा एक वर्ष कान्छी केटीसँग विवाह गरे । कक्षा ८मा पढ्दापढ्दै आफू खुसी विवाह गरेकाले उनलाई घरबाट पनि निकालिदिए । पत्नी पाल्नुपर्ने जिम्मेवारीले गर्दा उनले पढाई छाडिदिए । दुई वर्षमै छोरा जन्मिपछि शिक्षा र शिप नभएका यी पतिपत्नीलाई जीविका चलाउन गाह्रो प¥यो । बालविबाहले निम्त्याएको चन्दनको दुखेसो सकिनेवित्तिकै हेटौडाकी मनिषा लामाले पनि आफ्नो पीडा पोखिन् । १८ बर्षिया मनिषाले काठमाडौं वडा नं १५मा रहेको गितामाता माविमा एउटै कक्षामा पढ्ने दिनेशसँग दुई वर्षको प्रेमपछि विवाह गरिन् । कक्षा ११मा पढ्दै गरेका उनीहरुले विवाहको दुई महिनापछि पढाई छाडे । दिनेश गाडी सर्भिसिङ गर्छन् भने मनिषा दुई महिने छोरालाई हुर्काउँदै छिन् । छोरालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित मनिषाले भनिन्, ‘विवाह गर्न हतार नगरेको भए अहिले  यस्ता कुराको चिन्ता गर्नु पर्ने थिएन ।’ पढाई महत्वपूर्ण रहेछ र आफ्नो  खुट्टामा उभिएर मात्र विवाह गर्नुपर्ने रहेछ भन्ने महशुस गरेकी मनिषाले पश्चाताप पोख्दै भनिन्,‘ जसरी हामीले बालबिवाह गरेर दुख पायौं, त्यसरी कसैले दुख नपाओस् ।’ चन्दन र मनिषा जस्ता उमेर नपुगी विवाह गर्ने बालबालिका हुन् या जबरजस्ती बालविवाहका लागि बाध्य पार्ने ब्यक्तिलाई अब कानुनले सजाय दिने भएको छ । २० वर्ष नपुगी गरिएका बालविवाह स्वत रद्ध हुने र यसरी विवाह गर्ने केटाकेटी र गराउने ब्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार रुपैंया जरिवाना वा दुवै हुन सक्ने ब्यवस्था गरिएको छ । बुधबार संसदमा पारित फौजदारी संहिताले गरेको उक्त ब्यवस्थाको कार्यान्वयन आमामी वर्ष भदौ १ गतेबाट हुने भए पनि यसबारे ब्यापक जनचेतना फैलाएर बालबिवाह न्युनिकरण गर्न बिहीबार राजधानीमा ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियान शुरु भएको छ ।

नेपालले बाल विवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको थियो । त्यसैगरी दिगो विकास लक्ष्य ५.३ र १६.२ले बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेका छन् । नेपाल सरकारले पनि सन् २०३०सम्ममा देशबाट बाल विवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरेको छ । सरकारको यही लक्ष्यलाई सघाउने उदेश्यले गर्न लागिएको पाँच बर्षिय राष्ट्रिय अभियानको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बालविवाहलगायतका कुरितीको अन्त्य गर्ने दायित्व राज्यको भए तापनि यस्ता अधियानले नेपालमा बालबिवाह रोक्न उल्लेख्य योगदान पु¥याउने बताइन् । बालबिवाहले बालबालिकाको मानव अधिकार हनन् मात्रै नभई देशको समग्र आर्थिक अवस्थामा नै नकारात्मक प्रभाव पार्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिइन् । सामूदायिक रेडियो प्रशारक संघ, राष्ट्रिय युवा परिषद् नेपाल र वल्र्ड भिजनले संयुक्त रुपमा शुरु गरेको उक्त अभियानमा नेपाल सरकारकातर्फबाट कानुन संसदिय मामलामन्त्री यज्ञबहादुर थापा र महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले पनि एक्येवद्धता जनाए । कानुन मन्त्री थापाले यस्ता अभियानले सामूदायिक रेडियोमार्फत गाउँगाउँसम्म जनजागरण फैलाउन र युवा परिचालन गरि बालबिबाह रोक्न सहयोग पु¥याउने धारणा राखे । त्यसैगरी महिलामन्त्री कोइरालाले फौजदारी संहिता पारित भइसकेको अवस्थामा बालबिवाह अन्त्यका लागि कानुनी समस्या नभए तापनि यसको कार्यान्वयनमा भने जोड दिनुपर्ने बताइन् । बालबिवाह, बोक्सी प्रथा, छाउपडीलगायतका कुरितीहरुलाई अन्त्य गर्न मन्त्रालयका तर्फबाट पनि विशेष अभियान संचालन गर्ने योजना रहेको उनले बताइन् । हत्या, बलात्कार, बेचबिखन, अपहरणलगायतका समस्या गरिबीका कारण उब्जेकाले यस्ता अपराधलाई कमी गराउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका शशक्तिकरणका कार्यक्रम संचालन गरिने उनले बताइन ्। देशभरका सात सय ४४ वटै स्थानिय तहमा भएका नीतिगत ब्यवस्थालाई कार्यान्वयन गरेर ती कुरिती र अपराधको अन्त्य गर्नका लागि एउटा ‘एक्सन’मा जाने टिम मन्त्रालयले निर्माण गर्न लागको जानकारी पनि मन्त्री कोइरालाले दिइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न कानुनमा बालबालिकाको परिभाषा नै भिन्दै भएको उल्लेख गर्दै कुनै पनि कानुन निर्माण गर्दा यस अघि बनेका कानुन के छन् र तीनको सामन्जस्यता कसरी गर्ने भन्नेमा पनि ध्यान दिनुपर्ने सुझाब दिए । बाल विवाह दर उच्च हुने विश्वका दश देशहरुमध्ये नेपाल पनि एक हो । एसियामा बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा रहेको छ । यूनिसेफले प्रकाशन गरेको प्रतिवेदन द स्टेट अफ द वल्र्ड्स चिल्ड्रेन २०१६का अनुसार नेपालमा ३७ प्रतिसत बालिकाले १८ वर्ष उमेरभन्दा पहिले र १० प्रतिसतले १५ वर्ष उमेरभन्दा पहिले विवाह गर्ने गरेका छन् ।

Sunday, August 6, 2017

सामाखुसीमा ढलले बगाएकी सत्याको साहस



रामकला खड्का
साउन २२ : सत्या सापकोटा हिजोआज धेरै नै चर्चामा आइसकेको नाम हो । तर, आफूले कुुनै राम्रो काम गरेर चर्चामा आएको नभएकाले चर्चाको खुुसी भने सत्यामा पटक्कै छैन । गत असार ३० गते सामाखुुसीको ढलमा खसेर पनि बाँच्न सफल उनी आज पनि आफूलाई पहिलेकै जस्तो साधारण सत्यामै सन्तुुष्ट हुुन चाहन्छिन् ।
सधैंझैं विद्यालय सकिएर घर जाने क्रममा विद्यालयको बसबाट उनी सामाखुुसीस्थित आफ्नो घरनजिकैको चोकमा झरिन् । करिब दुुईतीन मिनेट हिँडेपछि घर पुुगिन्थ्यो । तर, त्यो दिन धेरै पानी परेको र बाटो पनि जाम भएकाले सधैं हिँड्ने पट्टिको बाटोमा ठूलो खाल्डो छ भनेर उनी अर्कोपट्टिबाट हिँडेकी थिइन् । पाइला अगाडि बढाउने क्रममा उनी अचानक ढलभित्र खसिन् ।
धेरैले उनलाई पानीभित्र पसेपछि त होश हरायो होला है भनेर सोध्ने गर्छन् । तर, त्यसो होइन । उनी पूरै होशमा थिइन् । पानीभित्र जताततै अन्धकार भए पनि उनले ‘यो मेरो जीवनको अन्तिम क्षण हो, अब के सोचौं’ भन्ने लागेर त्यहाँभित्रै हातले मुुख पुुछ्ने प्रयास गरेकी थिइन् । पानीमा पनि उनले हात फिँजारेर माथि आउने प्रयास गरिरहेकी थिइन् । यत्तिकैमा यो घटना देखेर उनलाई उद्धार गर्न पछ्याइरहेका व्यक्तिले उनको हात समातेर उनलाई पानीबाट बाहिर निकाले । बाहिर निस्किएपछि नजिकैको किराना पसलकी महिला आएर सत्यालाई उनको घरसम्म पुु¥याइदिइन् । ब्याग बोकेरै पानीमा झरेकी सत्या ब्यागसहित बाहिर निस्केकी थिइन् । पानीबाट बाहिर निस्किएपछि सबैको ध्यान सत्यातिर नै भएकाले उनलाई डरभन्दा बढी लाज लाग्यो । उनको ब्यागभित्र पानी पसे पनि ती पढ्न मिल्ने अवस्थामा रहेको उनले पाइन् । उनका आमाबाबुु र भाइ जापानमा रहेकाले उनी यहाँ आफ्नो अंकल, आन्टी र तीन वर्षीय भाइसँगै बस्छिन् । अंकलले ठमेलमा रेस्टुुरेन्ट सञ्चालन गर्ने भएकाले घरमा आन्टी र भाइमात्रै थिए । उनलाई देखेपछि उनकी आन्टीले पनि आत्तिएर उनलाई नुुहाउन पठाइन् । नुुहाएर आएपछि भने उनलाई पहिलेको घटना सम्झेर डर लाग्न थाल्यो । सत्या ३० फिट जतिको दूरीसम्म पानीभित्र बगेकी थिइन् । यद्यपि आफूले पानी धेरै ननिलेकाले टाउको दुुख्ने वा बान्ता हुुनेजस्तो असहज केही पनि नभएको उनले सम्झिइन् । घर पुुगेर नुुहाइधुुवाइ गरेपछि चिया र चाउचाउको सुुप खाएकी सत्याले बेलुुकी त अन्य दिनजस्तै गरी खाना नै खाइन् । त्यो दिन सुुत्ने बेलासम्म पनि उनलाई सन्चोबिसन्चो सोध्न धेरै फोन आइरहेका थिए । उनले जापानमा रहेकी आफ्नी आमालाई त घर आउनेबित्तिकै फोन गरेकी थिइन् । त्यति बेला छोरीको कुुरा सुुनेर आमाले फोनमै रुँदै ‘बाटोमा राम्रोसँग हिँड, अबदेखि होश पुु¥याउनू’ भन्दै सम्झाउनुुभएको उनले बताइन् । केही समयपछि उनी पानीमा खसेको भिडियो भाइरल भएपछि त झन् आत्तिएर आफन्त र साथीभाइमध्ये धेरैले उनलाई फोन गरेका थिए ।
नक्सालस्थित वृहस्पति विद्यासदनमा कक्षा ९ मा पढ्ने सत्या दुुई वर्षअगाडि मात्रै जापान गएर आएकी थिइन् । यस वर्ष पनि दसैंमा उनी आफंै जापान जाने हो या आमाबाबुु यहाँ आउने हो, टुुंगो भइनसकेको उनले सुुनाइन् । तर पनि आफूले पाएको नयाँ जीवनलाई यो दसैंमा आमाबाबुुसँग मनाउन पाइने खबरले पनि उनी उत्साहित छिन् । आफ्ना आमाबाबुुपछि आफूलाई बचाएर नयाँ जीवन दिने बीबीलाल तामाङ र हरि थापा आफ्ना लागि सधैं महŒवपूर्ण व्यक्ति रहने पनि उनले बताइन् । पढाइमा पनि अब्बल मानिने सत्याले गत वर्षको जिल्लास्तरीय परीक्षामा ३.६३ ल्याएकी थिइन् । उनलाई गणित र ऐच्छिक गणितबाहेक अन्य सबै विषय सजिलै लाग्छ । फुुर्सदमा कोरियन पप र अंग्रेजी गीत सुुन्नुुका साथै चलचित्र हेर्न र घुुम्न जान उनलाई मन लाग्छ । पत्रकार बन्नुु उनको जीवनको लक्ष्य हो । पत्रकारिता क्षेत्रमा पनि निर्णायक तहमा पुुगेर काम गर्न सके समाजमा धेरै परिवर्तन गर्न सकिने उनको सोचाइ छ । हालै आफ्नो विद्यालयले आफूलाई साहस तथा पुुनर्समायोजन गर्नसक्ने अनुुपम विद्यार्थीका रूपमा दिएको एक लाख पचास हजार रुपैयाँ सहयोगलाई उनी आफ्नो अध्ययनकै लागि प्रयोग गर्न चाहन्छिन् । काठमाडौंका अधिकांश बाटाहरू यस्तै अवस्थामा रहेकाले विद्यार्थी साथीहरूलाई सडकमा हिँड्दा होशियार भएर हिँड्न उनी सुुझाव दिन्छिन् । ‘बाटोहरू सबै बिग्रिएका छन् । राम्रोसँग हिँड्नुुपर्छ’, उनले भनिन् ।
त्यसैगरी जीवनमा आइपर्ने यस्ता समस्याबाट नआत्तिईकन अगाडि बढ्न सक्नुुपर्ने पनि उनले बताइन् ।

Friday, September 25, 2015

सिद्धार्थ र सार्थकसँग निभाको राखी

हिजो जनैपूर्णिमा अर्थात् राखी । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधेर उनीहरूको रक्षाको कामना गर्छन् । कालीमाटीनिवासी निभा  श्रेष्ठ पनि आफ्ना दाजुभाइलाई यसरी नै राखी बाँधिदिन्थिन् अनि उनीहरूको आशीर्वादका साथै उपहार पनि पाउँथिन् । दाइ सिद्धार्थले उनलाई राखी किनेर ल्याऊ भन्दा उनी जिस्कँदै भन्ने गर्थिन्, ‘राखी त भेटिएन, रेखा थापा भए हुन्छ ? ’ हाल सेन्ट मेरिज स्कुलमा कक्षा १० मा पढ्ने निभाले करिब पाँच वर्ष अगाडिदेखि आफ्ना दाइ र फुपूका छोरा सार्थकलाई राखी बाँध्दै आएकी हुन् । विनाशकारी भूकम्पले आफ्ना दुवै दाजुभाइलाई चुँडेर लगेपछि उनको राखीमात्रै होइन, जीवनभरका चाडपर्वलाई खल्लो बनाइदिएको छ । आफ्ना दाजुभाइसँगको निभाको अनुभूति उनकै शब्दमा ः

Sunday, August 23, 2015

मुलुक चिनाउने रकस्टार


रामकला खड्का
गीतसंगीतको क्षेत्रमा लागेका भाइबहिनीका लागि अमन प्रधान कुनै नौलो नाम होइन । काठमाडौंमै जन्मेहुर्केका अमन बालुवाटारस्थित मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ९ का छात्र हुन् । गत वर्ष आफ्नो दोस्रो एल्बम ‘मन’बाट इमेज अवार्ड जितेका यी साना गायकले हालै कलाको ओलम्पिकको रूपमा मानिने टर्किस ओलम्पियाड अर्थात् इन्टरनेसनल फेस्टिबल अफ ल्याङवेज एन्ड कल्चरमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।

Monday, August 17, 2015

बलात्कारपछि हार्पिक खुवाइएकी बालिकाको मृत्यु

रामकला खड्का
काठमाडौं ः अधिकारकर्मी बन्न चाहने आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्ने ब्यक्तिलाई कारबाही गरी आफूलाई अधिकार दिलाइदिन सिरहा मौवानी २ की मीनादेवी सहनीले प्रहरीलाई गुहारेकी छिन् । आफ्नो १४ बर्षिया छोरीको गत वैशाख १२ गते उनी काम गर्दै आएकी होटेलका कुक विनोद बस्नेतले बलात्कार गरेको उनको आरोप छ । उनका अनुसार बलात्कारपछि छोरीले घटनाबारे अरुलाई बताउन नसकोस भन्दै उनलाई एक बोतल हार्पिक खुवाइएको थियो ।
हार्पिकको असरले छोरीले जे खायो त्यही वान्ता गर्न थालेपछि उनी काम गर्ने लहानस्थित राकेश होटेल एण्ड लजका संचालक नथुनी शाहले ३७ दिनसम्म कसैको सम्पर्कमा आउन नदिएको र उपचार गर्ने नाममा लहान, धरान र विराटनगरका विभिन्न प्राइभेट क्लिनिकमा लग्दै वान्ता रोक्ने औषधि मात्रै दिने गरेको सहनीले बताइन् ।
११ वर्ष पहिले पतिले घरबाट निकालिदिएपछि आफ्ना ६ वटा छोरीहरुको पालनपोषणको जिम्मा सहनीको काँधमा आइलाग्यो । उनी स्वयंले पनि एक होटेलमा काम गर्न थालिन् र आफ्ना छोरीहरुलाई होटेलमै काम लगाइदिइन् । पतिले जन्मदर्ता पनि नबनाइदिएकाले छोरीको पढेर महिला अधिकारकर्मी बन्ने चाहना अपरै रहेको उनले रुँदै सुनाइन् ।
विगत एक वर्षदेखि उक्त होटेलमा काम गर्न थालेकी उनकी छोरी सवेरै काममा गएपछि बेलुकी आठ बजेमात्रै घर आउँथिन् । घटनापछि पनि आफूले छोरीलाई के भएको भनेर पटक पटक बुझ्न खोज्दा होटेल मालिकले धेरै खाएर वान्ता भएको भन्दै आमाछोरीबीच कुराकानी हुनै नदिएको उनले गुनासो गरिन् ।
बालिकामाथि भएको घटनाको बारेमा गत जेठ २७ गते विभिन्न अस्पताल श्रोतबाट जानकारी पाएपछि मुक्ति नेपाल नामक स्थानिय संस्थाले बालिकाको उद्धार गरी लहान अस्पतालमा उपचार गराउन थाल्यो । लहानले धरान र धरानले काठमाडौंमा रिफर गरेपछि बालिकालाई असार १५ गते काठमाडौं ल्याई वीर अस्पतालमा उपचार गराउन थालियो । हार्पिकमा भएको एसिडका कारणले उनको खाना नली नै सुकेकाले सल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह थियो । सल्यक्रिया गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएकोले भोलिपल्ट डिस्चार्ज गर्ने कुरा थियो । तर एक्कासी गत आइतबार राति साँढे आठ बजे अस्पतालबाट उनको मृत्युको खबर आएपछि आफूहरु छानाबाट खसे सरह भएको ओरेक नेपालकी कार्यक्रम तथा ब्यवस्थापकिय निर्देशक प्रतिमा शर्माले बताइन् ।
हार्पिकले भित्रभित्रै विस्तारै असर गर्न थालेपछि पीडित बालिकाको कलेजो फुटेर मृत्यु भएको उनको उपचारमा सम्लग्न चिकित्सकले बताएको शर्माले प्रष्ट्याइन् । बालिकालाई उपचारको लागि काठमाडौं ल्याइएपछि उनले केही खान नसक्ने हुनाले इन्जेक्सनमार्फत प्रोटिन दिइने गरेको थियो । प्रोटिन दुई तीन पटक दिइसकेपछि बालिकाको मुहारमा हसिलोपन आएको र उनले निको भएपछि यो गर्छु त्यो गर्छु भन्दै आफूलाई भनेका कुरा शर्मा यसरी सम्झिन्छिन् ‘ मीस मलाई निको भएपछि मासु भात र सेल रोटी खान पाउँछु । आँपको सिजन छ आँप पनि खान्छु र घडी पनि लगाउँछु भन्थी ।’
तपाईंहरु जहाँ जानपर्छ जानुस भन्दै होटेल संचालक नथुनी शाहले आफूलाई धम्की दिएका मुक्ति नेपालकी उपाध्यक्ष रेणु कर्णले बताइन् । शाहलाई राजनीतिक संरक्षण रहेकाले उनले विभिन्न पार्टिका कार्यकर्तालाई मिलाइदिनुस भन्दै फोन गर्ने गरेका पनि कर्णले बताइन् ।
आरोपीत कुक बिनोद बस्नेत  प्रहरी हिरासतमा रहेका ओरेक नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । उनीमाथि ज्यान मुद्धा दर्ता गरिएको छ । होटेल संचालक शाह पनि आफ्नो छोरीको मृत्युमा उत्तिकै दोषी भएकाले दुवैलाई ज्यान मार्ने अभियोग अन्र्तगत कारबाही गरिनुपर्ने पीडीतकी आमा सहनीले बताइन् ।
Published On : 5th August / Annapurna Post

Thursday, June 25, 2015

भूकम्पमा ज्यान गुमाउने बालबालिका दुई हजार तीन सय

रामकला खड्का 
काठमाडौं/ विनाशकारी भूकम्पमा परी दुई हजार दुई सय ७७ बालबालिकाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने यी बालबालिका भूकम्प बढी प्रभावित १४ जिल्लाका हुन्।  केन्द्रीय बालक ल्याण समिति, महिला बालबालिका तथा समाजक ल्याण मन्त्रालय र युनिसेफद्वारा बुधबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार भूकम्पमा परी एक हजार दुई सय ६८ जना बालबालिका घाइते भएका छन्। त्यस्तै २० जना बालबालिका बेपत्ता छन्। 

नवजात शिशुको ज्यानजोखिममा


काठमाडौं/ नेपालमा आएका दुई शक्तिशाली भूकम्पबाट प्रभावित जिल्लाहरूमा प्रत्येक घण्टा १२ वटा नवजात शिशुहरूको आधारभूत स्वास्थ्य उपचार सेवा बिनानै जन्म हुने गरेको युनिसेफले जनाएको छ। यी क्षेत्रहरूमा आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध नगराइए आगामी महिनासम्ममा करिव १८ हजार शिशु र आमाहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी संस्थाले दिएको छ।