Friday, June 26, 2015

पतिसँग बोल्न मौका कुर्नुपथ्र्यो


टेलिशंृखला ‘हिजो आजको कुरा’ होस् वा ‘तीतो सत्य’ उत्तिकै प्रभावकारी भूमिकामा अभिनय गरिन् कलाकार रमा थपलियाले। भिडियो चलचित्र ‘मायाजाल’ बाट अभिनय सुरु गरेकी उनले हालसम्म ४५ भन्दा बढी कथानक एवं दर्जनौं टेलिचलचित्रमा अभिनय गरिसकेकी छन्। खाने तेल, मसला, मोबाइललगायतका विज्ञापन एवं दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी थपलिया बैंसमा कस्ती थिइन् त? उनकै शब्दमा : 
टेस्ट पास एसएलसी फेल 
बुबा जमिनदार भएकाले हाम्रो ठाउँठाउँमा जग्गाजमिन थियो। त्यसैले बेलाबेलामा विभिन्न ठाउँमा जानुपथ्र्यो। म १२ वर्ष जतिको हुँदा हामी जनकपुर अञ्चलमा स:यौं। त्यहाँ सर्लाहीको लालबन्दीस्थित बयलबासमा रहेको महेन्द्र हाइस्कुलबाट मैले टेस्ट पास गरेँ। हामीले पुरानो शिक्षा पढेको तर एसएलसी दिँदा नयाँ शिक्षा आएकोले फेल भएँ। 

आँप चोर्दा लखेट्थे 
मधेसमा निकै गर्मी हुने भएकाले स्कुल बिहान चल्थ्यो। स्कुल पुग्न डेढ घन्टाभन्दा बढी हिँड्नुपर्ने। बाटैभरि आँपका बगैंचामा कोइली कराएको सुन्दै हिँड्दा रमाइलो लाग्थ्यो। कतै कागले ठुँगेर आँप झारेको हुन्थ्यो त कतै साथीसाथी मिलेर माटोको डल्लाले हिर्काएर आँप झाथ्र्यौं। खल्ती र ब्यागभरि अमिलो आँप हालेर खाँदै हिँड्दा खुब मज्जा हुन्थ्यो। तर कहिलेकाहीँ बगैंचा कुर्न बसेकाले खुब लखेट्थे। 

नदेखेको केटासँग विवाह 
एसएलसी सकिनासाथ गाउँकै केटा नेत्रप्रसाद थपलियासँग मागी विवाह भयो। त्यतिबेला छोरी महिनावारी हुनुभन्दा अगाडि नै विवाह भए राम्रो मानिन्थ्यो। तर मेरो दुई पटक महिनावारी भइसकेको थियो। विवाह अगाडि केटालाई न देख्नु न चिन्नु। बुबाले हुन्छ भनेपछि कसैले नाइँनास्ती गर्नै सक्ने भएन। जनकपुर कलेजबाट आईए पास गरेका केटाले मलाई चाहिँ स्कुल जाँदा देखेको रे। विवाहपछि असाध्यै लाज लाग्थ्यो। सासू, ससुरा अगाडि हुँदा त लगभग १० वर्षसम्मै हामी एकअर्कासँग बोलेनौं। बूढाबूढी बोल्न पनि मौका चाहिन्थ्यो कि सासूससुरा बाहिर गएको हुनुप:यो, कि घरमा कोही नहुनु प:यो। नत्र एक्लै कोठामा हुनुप:यो। 

चलचित्र नै बुझ्दिनथेँ 
विवाहपछि पतिको पढाइ र कामको लागि काठमाडौं आयौं। कहिलेकाहीँ घरबेटीको छोरीसँग चलचित्र हेर्न जान्थ्यौं। एक छिनमा मान्छे मरेको, एकैछिनमा हाँसेको एकै छिनमा रोएको देखाउँथ्यो। म त केही बुझ्दिनथेँ। चलचित्र हेर्ने बानी परेपछि यस्तो ठाउँमा कसरी पुग्ने होला, म पनि यिनीहरू जस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। भाडा माझ्ने भूमिकामात्रै पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो मलाई। पछि त शनिबारैपिच्छे पतिसँग पाटनमा चलचित्र हेर्न जान्थेँ। 

स्थायी जागिर छाडेर अभिनय 
म घरमा बसे पनि केही न केही गरिरहन्थेँ। कहिले टाइप सिक्न गएँ कहिले सिलाइ। नर्सिङ क्याम्पसमा हाउस किपिङको स्थायी जागिर गर्थे। पत्रिकामा महेश मुडबरीको महादेव प्रोडक्सनले बनाउने भिडियो चलचित्रका लागि कलाकार चाहियो भन्ने विज्ञापन देखेँ। त्यतिबेला फोन थिएन। म कोटेश्वरस्थित उहाँकै अफिसमा गए। त्यहाँ दुईचार वटा प्रश्न र डाइलग बोलेपछि म छानिएँ। मैले भिडियो चलचित्र ‘मायाजाल’मा नायिका सारंगा श्रेष्ठको आमाको भूमिका निभाएको थिएँ। म स्थायी जागिर छाडेर अभिनयमा लागे। त्यसपछि ‘कर्म’ हुँदै अन्य टेलिचलचित्रमा पनि काम गर्न थालेँ। 

स्पट ब्वाई पु:याउन आउँथ्यो 
त्यतिबेला परिवारले साथ दिए पनि समाजले कुरा काट्थ्यो। कहिलेकाहीँ राति १२,१ बजेसम्म सुटिङ हुन्थ्यो। २ बजेतिर स्पट ब्याई वा प्रोडक्सन म्यानेजरले घरमा पु:याइदिँदा छरछिमेकले ‘ऊ फलानी कमकी छ र। राति १,२ बजे घर आउँछे, त्यो पनि केटाहरू लिएर’ भन्दै कुरा काट्थे। मेरो अभिनय देखेर धेरैले राम्रो प्रतिक्रिया दिन्थे। तर हिजोआजका कुरामा कहिलेकाहीँ बेड सिन पनि गर्नुपर्ने हुन्थ्यो। नराम्रो सोच भएकाले ‘सन्तोष पन्तसँग सुत्नु हुने हामीसँग नहुने’ भन्थे। त्यो सुनेर साह्रै रिस उठ्थ्यो। तर के गर्नु कलाकार भएपछि राम्रो नराम्रो दुवै प्रतिक्रिया पचाउन सक्नुपर्छ। 
प्रस्तुति : रामकला खड्का 

No comments:

Post a Comment