Sunday, July 19, 2015

'इन्डष्ट्रीमै मेरो कम्मरको चर्चा हुन्थ्यो'

२०४१ सालमा राष्ट्रिय नाचघरमा पाएको जागिरसँगै रूपा रानाको अभिनय यात्रा आरम्भ भएको होे । हरिप्रसाद रिमालले उनलाई स्टेजमा उतारेका हुुन् । २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि उनी टेलिचलचित्रमा काम गर्न थालिन् । रूपा अभिनीत पहिलो टेलिचलचित्र भवानी भिक्षुुको कथामा आधारित ‘त्यो फेरि फर्केला ? ’ हो । विभिन्न टेलिचलचित्र हुुँदै चलचित्र ‘भाग्यरेखा’बाट ठूलो पर्दामा डेब्युु गरेकी उनले अभिनय गरेको पहिलो चलचित्र ‘चोर’ हो । अहिलेसम्म एक दर्जनभन्दा बढी नाटक, दुुई दर्जन टेलिचलचित्र र लगभग तीन दर्जन चलचित्रमा अभिनय गरेकी रूपा राना हाल चलचित्र विकास बोर्डकी सदस्य छिन् । भक्तपुुर दूधपाटीस्थित करुणा आ श्रमकी उपाध्यक्ष एवं मेघा ड्रिम सहकारीकी सञ्चालक रूपा बैंसमा कस्ती थिइन् त ? उनकै शब्द :
जापान जाँदा पढाइमा ब्रेक
तत्कालीन महारानी रत्नको जन्मोत्सवमा आयोजित १४ अञ्चलस्तरीय नृत्य प्रतियोगितामा भाग लिन म पहिलोपटक काठमाडौं आएँ । पछि यहीँ बस्नुुहुुने दिदीलाई साथी हुुन्छ भनेर म यतै बसेँ । पद्मकन्या कलेजमा भर्ना भएर पढ्दै चलचित्रमा काम गर्न थालेँ । यही क्रममा सांस्कृतिक कार्यक्रमका लागि जापान जाने अवसर मिल्यो । त्यसपछि पढाइलाई निरन्तरता दिन सकिनँ । तर कला क्षेत्रलाई कर्मक्षेत्र ठानेर अगाडि बढिरहेँ ।
२०४३ सालको कुुरा हो । हरेक जिल्लामा नाटक प्रतियोगिता हुुन्थ्यो । मैले ललितकला कलेजबाट ‘समस्या’ नाटकमा दोहोरो भूमिका निर्वाह गरेको थिएँ । सो नाटकबाट मैले उत्कृष्ट नायिकाको उपाधि पाएँ । यसले कला क्षेत्रमा लाग्न मलाई झनै हौसला र प्रोत्साहन मिल्यो ।

घुुलमिल हुुन गाह्रो हुुन्थ्यो
अभिनय क्षेत्रमा आउनुुभन्दा अगाडि मलाई मनमा चलचित्र खेल्न पाए, ठूलो पर्दामा आपूmलाई देख्न पाए कस्तो हुुन्थ्यो होला भन्ने लाग्थ्यो । चलचित्रमा अभिनय गर्न पाए सबैले चिन्थे भन्ने लोभ मलाई थियो । चलचित्र क्षेत्रमा काम गर्न सुुरु गर्दासम्म म लजालुु स्वभावको थिएँ । थोरै बोल्ने हुुनाले कसैसँग चाँडै घुुलमिल हुुन सक्दैनथेँ । सेटमा पनि असाध्यै डर लाग्थ्यो । आफूभन्दा सिनियर कलाकारलाई अगाडि देखेपछि धेरै बोल्नुु हुुन्न भन्ने मानसिकताले म झनै चुुप रहन्थेँ ।



निर्देशक रिसले फनफनी
स्टेजमा अभिनय गर्दा संवाद ठूलो स्वरमा भन्नुुपथ्र्यो । तर क्यामेराअगाडि त्यस्तो आवश्यकता हुुँदैनथ्यो । त्यसैले छायांकनका बेला निर्देशकले एक्सन भनेपछि नर्भस भइहाल्थेँ । त्यति बेला अहिलेजस्तो डिजिटल प्रविधि थिएन । रिल खेर गएपछि निर्देशक रिसाउने नै भए । मलाई सम्झना छ, निर्देशक स्व. दीपक रायमाझी टेक ओके नहुुँदा कलाकारलाई त केही भन्नुुहुुन्नथ्यो तर रिसले फनफनी घुुमिरहनुुहुुन्थ्यो । त्यति बेला मलाई रुन मन लाग्थ्यो ।

मेरो नाममा कलेजमा झगडा
त्यति बेला चलचित्रभन्दा टेलिचलचित्रको क्रेज बढी थियो । पद्मकन्यामा पढ्दा साथीहरूको समूह थियो । कतै निस्कनुु प¥यो भने साथीहरू दायाँबायाँ हुुन्थे । मलाई कसैले केही भने भनी उनीहरू झगडा गर्न तम्सिन्थे । म मर्निङ सिफ्टमा थिएँ । एक दिन मर्निङ र डेका साथीबीच मेरै विषयमा झगडा परेछ । भोलिपल्ट म कलेज जाँदा त रूपा रानाको ग्रुुपले फाइट गरेकाले प्रिन्सिपलले मलाई बोलाएर सोधपुुछ गर्ने रे भन्ने सुुनेँ । त्यो सुुनेर मलाई नराम्रो लाग्यो । तर धन्न प्रिन्सिपलले बोलाउनुुभएन ।

केटाले जिस्क्याउँदा लजाउँथे
नजिकै कतै जानुुपर्दा ट्याक्सी पाउन गाह्रो हुुन्थ्यो । शंकरदेव कलेजको बाटो हुुँदै हिँड्दा कलेजका केटाले जिस्क्याउने, सिट्ठी बजाउने, रूपा आई लभ युु भन्ने गर्थे । तापनि सच्चा फ्यानले जसरी जिस्क्याउँछन्, त्यसरी मात्रै जिस्क्याए । उनीहरूले कहिल्यै अश्लील शब्द बोलेनन् । केटाहरूले जिस्क्याउँदा मचाहिँ लाजले भुुतुुक्कै हुुन्थेँ ।

कम्मरसम्म कपाल
आमाले मलाई गाजल लगाएर स्कुुल पठाउनुुहुुन्थ्यो । त्यस बेलादेखि गाजल लगाउने बानी टुुटेन । आँखा अलि सानो भएकाले आई मेकअपचाहिँ गर्थें । गाजल, मस्कारा र लिपस्टिक लगाउँथेँ । पहिले मेरो कपाल कम्मरसम्म आउँथ्यो । हेयर स्टायल कहिले थाई, कहिले स्टेप, कहिले पम्प त कहिले स्ट्रेट गर्थें ।

कम्मरको चर्चा
चलचित्र ‘नाता’मा अशोक शर्माले एउटा दृश्यमा मलाई जुुरुक्क उचाल्नुुभयो । निर्देशकले कट् भन्दा पनि उहाँ उचालिरहनुुहुुन्थ्यो । यसको कम्मर एक हातले उचाल्न सकिन्छ भन्नुुहुुन्थ्यो । चलचित्र उद्योगमा मेरो कम्मरको चर्चा हुुन्थ्यो । त्यति बेला नेपालमा अलि मोटाघाटा नायिका मन पराइन्थ्यो । तर म सुुइखुुट्टे थिएँ । हिप र छाती ठूलो बनाउन प्याड लगाउँथेँ ।
प्रस्तुुति : रामकला खड्का

No comments:

Post a Comment