Monday, August 17, 2015

जसको भात खायो उसैको छोरी ताक्न मिल्दैन

करिब २००७ सालदेखि भैरव नृत्य दलमार्फत कुुमार बस्नेत ठाउँठाउँमा नाच्न जान थाले । नाचसँगै गाउन पनि सिपालुु उनले २०१५ सालमा रेडियो नेपालमा स्वरपरीक्षा पास गरे । कुुमार र उनीसँगै स्वरपरीक्षा पास भएका उही गोविन्दबहादुुर गुुरुङ र ज्ञानबहादुुर श्रेष्ठ गीत रेकर्डिङको लागि कलकत्ता गए । नेपालको पहिलो चलचित्र ‘आमा’ का संगीत निर्देशक भी बलसाराको संगीतमा लोकगीत ‘चौतारी घ्याङ्ला’ र आधुुनिक गीत ‘रिमझिम पानी पर्ला’ रेकर्र्ड गराए कुुमारले । त्यतिबेला सांगीतिक क्षेत्रमा लागौंला भनेर सपनामा पनि नचिताएका कुुमार आज राष्ट्रकै वरिष्ठ एवं लोकप्रिय गायक बनेका छन् । २०२१ सालसम्म पनि नाच्दै हिँड्ने कुुमार आफ्ना गीत जनताले मन पराएपछि गायनमै लागेको बताउँछन् । नेपाल प्रतिलिपि अधिकार संरक्षण समाजका सल्लाहकार र नेपाल सांगीतिक संघको संस्थापक अध्यक्षसमेत रहेका कुुमारको चार सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । थुुप्रै एल्बम निकालेका यी गायक बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ।



आशीर्वादले अहिलेसम्म टिकेँ


नेपाल नाटक संघमा मलाई अमर सिंह नाटकमा नचाउन भनेर लालदरबारमा लगेका थिए । त्यहाँ देशभरिका कविज्यूहरू उपस्थित हुुनुुहुुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलगायतका व्यक्तित्वले मेरो नृत्य हेरेपछि स्याबास दिँदै तैंले यस्तै गरिरहिस् भने भोलि केही गर्छस् भनेका थिएँ । उहाँहरूकै काखमा हुुर्केको र आशीर्वाद पाएकाले म अहिलेसम्म टिकेको हुुँ ।

विदेशमा तारिफ


२०१६ सालदेखि नै सञ्चय कोषको जागिरे म । तर पनि कुुनै देशमा सांस्कृतिक कार्यक्रम लिएर जानुुप¥यो भने मलाई पनि झिकाउँथे । यही क्रममा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका थुुप्रै देशमा पुुगेको छुु । त्यतिबेला कार्यक्रम प्रस्तुुत गर्ने क्रममै चीनमा माओत्सेतुुङ र चावेनदेखि भारतका जवाहरलाल नेहरूदेखि राजेन्द्र प्रसादसम्मलाई देखियो । उहाँहरूले पनि हाम्रो नृत्य हेरेर खुुब तारिफ गर्नुुहुुन्थ्यो ।

म गाइने


म आफूले आफूलाई गाइने भन्छुु । ठूलो भएर केही हुुने होइन । म ठूला लेखकको गीत गाएर हिँड्ने मान्छे पनि होइन । गाई चराउने, भैंसी चराउने, मेचीदेखि महाकालीसम्मका मानिसका गीत गाउँछुु । मन पराउनेले माया गर्छन्, नपराउनेले गाली । ‘छोरीभन्दा आमा तरुनी’ बोलको गीतमा पनि यस्तै भयो । कतिले माया गरे भने कतिले अनेक थरी कुुरा काटे ।

भतुुवा भएरै गीत सिकियो


कसैले गाएको गीत मन प¥यो भने उसैको घरमा गएर बस्यो । ६, ७ दिनसम्म एक त समय नभइनभई गीत सिकाइदिनुु पर्ने अर्कोतर्फ भात खुुवाएर पाल्नुुपर्ने । तैपनि भतुुवा भएरै बस्यो । लौन दाइ त्योअघि गाएको गीत सिकाइदिनुुप¥यो भन्यो । त्यसैले गाउँका तिनै मानिस हाम्रा गीतका श्रोत भएकाले उहाँहरूलाई हामीले बिर्सन हुुँदैन ।

दिदीबहिनीको इज्जत गर्नुु कर्तव्य


राम्री केटी देख्दा मन त पथ्र्यो र उनीहरूले पनि हामीलाई कलाकारको रूपमा छुुट्टै नजरले हेर्थे । तर जसको घरमा भात खायो, उसैको छोरीलाई ताक्न त मिल्दैन नि । आफ्नो दिदीबहिनीको इज्जत र मानसम्मान गर्नुु हाम्रो कर्तव्य हो । त्यसैले गीत संकलनमा ठाउँठाउँमा जाँदा कसैसँग पनि त्यस्तो माया पिरती गाँसिएन । मेरो २०२३ सालमा शारदासँग विवाह भयो ।

छैन जातभातको पर्वाह


हामी कलाकारलाई जातभातको पर्वाह हुुँदैन । जहाँ गयो त्यही बस्यो र खायो । कहिले दमै दाइ त कहिले कामी दाइ अनि कहिले सार्की दाइकहाँ बसेर सिकियो अनि खाइयो । बाटुुलेचौर पोखरामा रातभरि गाइने दाइकहाँ बसेर गीत सिकेँ । भोलिपल्ट बिहान होटेलमा चिया खान गएको होटेलका साहुुजीले आफूले खाएको गिलास आफैं माझ भनेर घाँटी नै समात्न आए । मेरो गाउँ दोलखाको मकैबारीमा सनै फुुक्यो भनेर झन्डै गाउँबाट निकाल्न लागेका थिए ।

ह्यान्डसम र चञ्चले


पहिलेदेखि नै ह्यान्डसम म । जे लगाए पनि राम्रो हुुन्थेँ । प्रायः सर्ट पाइन्ट नै लगाउँथे । स्वभाव पनि चञ्चले । यस्तो नभई एकआपसमा घुुलमिल भएर उनीहरूको मनको कुुरा खोतल्नै सकिन्न नि ।

प्रस्तुुति ः रामकला खड्का

No comments:

Post a Comment