‘घुुम्तीमा नआऊ है’, ‘तारामात्रै होइन तिमीलाई’ लगायतका अनगिन्ती लोकप्रिय गीत गाएका प्रेमध्वज प्रधानले आफ्ना पुराना चर्चित गीत संग्रहित गरेर ‘परेलाले डाकुुँ डाकुुँ’ एल्बम निकालेका छन् । २०१४ सालमा उनले तारादेवीसँग गाएको भूपि शेरचनको गीत ‘यो नेपाली शिर उचाली’ अहिले पनि त्यतिकै लोकप्रिय छ । रेडियो नेपालमा २०२३ सालसम्मको अवधिमा उनले बिना रेकर्डिङ सयभन्दा बढी गीत गाएका थिए । उनको स्वरमा तीन सय आधुुनिक गीतका साथै राष्ट्रिय गीत, भजन, लोकगीत र नेपाल भाषाका गीत पनि त्यतिकै गाएका छन् । नेपाली सांगीतिक क्षेत्रमा जिउँदो इतिहासका रूपमा रहेका प्रेमध्वज बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ।
आमा पहिलो गुुरु
म साढे ६ वर्षको हुुँदा आमा र बाबुु छुुट्टिनुु भएको हो । म बुुवाको व्यापारमा सघाउँथेँ भने सांगीतिक काम आमासँग गर्थें । परिवारमा जुुजुुबाजेदेखि नै शास्त्रीय संगीतका सौखिन थिए । मेरी आमा प्राणदेवी प्रधान (तुुलाधर) ले उस्ताद भैरवबहादुुर थापाको संगीतमा २००७ सालमै रेडियोमा गीत गाउनुुभएको थियो । त्यसैले सांगीतिक क्षेत्रमा मेरो पहिलो गुुरु मेरो आमा नै हो ।
एउटा गीत गाउँदा १० रुपैयाँ
संस्कृतले डुबायो
विद्यालय पढ्दैदेखि गीतसंगीतमा असाध्यै सौख । भोलिपल्ट एसएलसी हुुँदा अघिल्लो दिन बेलुुकी १० बजेसम्म सिंंदरबारभित्रको टाउन हलमा तत्कालीन गायिका उर्मिलाको गीत सुुन्नलाई सांस्कृतिक कार्यक्रम हेर्न गएको थिएँ । भोलिपल्ट जाँच त दिएँ । तर संस्कृतमा ७ नम्बर नपुुगेर फेल भएँ । त्यसपछि एउटा व्यापारी र अर्का संगीतकारका साथमा दिल्लीमा भएको एक व्यापारिक प्रदर्शनी हेर्न जाने मौका पाएँ । त्यहाँबाट हामी बम्बई आएर दुुई महिना जति घुुम्यौं । त्यतिबेला त्यहाँका मानिसले बोलेका अंग्रेजी र उनीहरूको संगतले मलाई पढाइ पुुनः सुुरु गर्न प्रेरित ग¥यो । नेपाल फर्केर पद्मोदय स्कुुलमा १० मा भर्ना भई एसएलसी दिएँ र राम्रै अंकले पास गरेँ ।
रेडियोमा जागिर दिएन
पहिलो एल्बम बम्बईमा
सन् १९६५ मा माइतीघरको ‘नमान लाज यस्तरी’ बोलको गीत रेकर्डिङको लागि बम्बई गएको थिएँ । फेरि जान मन लागेर चार वर्षपछि एक वर्षको बेतलबी बिदामा उता गएँ । त्यहाँ आठ महिना बसाइको क्रममा आफ्नै लगानीमा पोलिडर कम्पनीबाट ‘हिमालयन ब्याङक्वेट फ्रम सिङगिङ काठमाडौं’ शीर्षकको एल्बम निकालेँ । एल्मबमा १० वटा गीत थिए ।
महेन्द्रको राज्याभिषेकमा पाइन्ट
द्वारिकादास श्रेष्ठले खिचापोखरीमा एउटा जिम क्लब खोल्नुुभएको थियो । हामी सबै त्यहाँ व्यायाम गर्न जान्थ्यौं । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको दिन सानो टँुुडिखेलमा त्यही जिममा आउने करिब ५० जना जति केटाले रानी रत्नको नामको पहिलो अक्षर आर बनाएका थियौं । त्यसैगरी केटीको अर्को समूहले महेन्द्रको एम आकार बनाएका थिए । त्यतिबेला केटा समूहको नेतृत्व मैले गरेको थिएँ । हामी सबैलाई त्यतिबेला सेतो सर्ट, सेतै पाइन्ट र सेतो जुुत्ता दिइएको हो । मैले पाइन्ट पहिलोपटक लगाएको त्यहीं हो ।
प्रेममा मन गएन
मेरो आमाबुुवाको प्रेम विवाह । तर सम्बन्ध चाँडै टुुटेकाले प्रेम गर्नेतर्फ मन कहिल्यै आकर्षित भएन । त्यतिबेलाका केटीहरू साह्रै लजालुु हुुन्थे । पछि आमाले खोजिदिनुुभएको किरणदेवीसँग मेरो विवाह भयो । मेरा दुुई छोरामध्ये प्रसन्नध्वज प्रधान सफ्टवेयर इन्जिनियर भए पनि दुुईवटा एल्बम निकालिसक्यो भने कविरध्वज प्रधान खेलाडी हो ।
प्रस्तुुति : रामकला खड्का
No comments:
Post a Comment