Showing posts with label Varieties. Show all posts
Showing posts with label Varieties. Show all posts

Monday, September 28, 2015

म किताब बाड्ने जमानाको मान्छे

चर्चित उपन्यास ‘पागल बस्ती’का लेखक सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुुलपति हुुन् । पोखरामा २०१२ सालमा जन्मिएका सरुभक्तले डिप्लोमासम्मको पढाइ पृथ्वीनारायण क्याम्पसबाट पूरा गरेका हुुन् । विसं ०६१÷०६२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य रहेका उनी विशेषतः कविता, नाटक, कथा र उपन्यास लेख्छन् । चालीसभन्दा बढी किताबका लेखक सरुभक्तको हालै ‘बांगाटिंगा धर्साहरू’ संस्मरण पाठकमाझ आएको छ । सरुभक्तसँग उनको पठनरुचिबारे रामकला खड्काले कुुराकानी गरेकी छन् ः

Friday, September 18, 2015

किताबले कुरा बुझायो

नेपाली पत्रकारितामा मोहन मैनाली परिचित नाम हो । २०४६ देखि ‘दैनिक समाज’ पत्रिकाबाट पत्रकारिता सुरु गरेका मैनालीले नेपाल वातावरण पत्रकार समूहमा लामो समय काम गरे । यसमार्फत ‘आँखीझ्याल’ नामक भिडियो पत्रिकामा काम गर्दै कार्यकारी निर्मातासम्मको जिम्मेवारीमा रहेका मैनालीले त्यसपछि ‘स्पटलाइट’ नामक अंग्रेजी साप्ताहिकमा पनि काम गरे । लन्डनस्थित जेमिनी न्युज सर्भिस, हिमाल खबरपत्रिकालगायतका माध्यममा काम गर्दै उनले छापा र टेलिभिजन दुवैको अनुभव बटुलेका छन् । हाल उनी पानस साउथ एसियाले सञ्चालन गरेको न्युज पोर्टल साउथ एसिया चेक डट ओआरजीको सम्पादक हुन् । अंग्रेजी र नेपाली दुवैमा रहेको यस पोर्टलमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले बोलेका कुराको तथ्य परीक्षण गर्ने काम गरिन्छ । आफ्ना फिचर र वृत्तचित्रमार्फत देशविदेशमा ख्याति कमाउनुका साथै ‘उपल्लो थलो’ र ‘मान्ठा हराएको जुग’ पाठकमाझ ल्याइसकेका मैनालीले आफ्नो किताब यात्राका बारेमा अन्नपूर्णकर्मी रामकला खड्कासँग गरेको कुराकानी .....

Sunday, August 2, 2015

जापानी महारानीसँग किताब चर्चा

रामकला खड्का
बँगैचा कटेर छिर्ने वित्तिकै बैठक कोठा । कोठामा टेबुुलैपिच्छे मोटा र गरुंगा किताबहरु । किताब जति गरौं, मुल्य पनि त्यतिनै बढी । शिक्षाविद् डा.केदारभक्त माथेमाले टेबलका किताब देखाउँदै दायाँपट्टि जोडिएको पुस्तकालयमा लगे । कोठाभित्र पूर्व र उत्तरपट्टिका अग्ला ¥याकमा भरिभराउ पुुस्तकले माथेमाको पुुस्तकप्रेमलाई प्रष्ट झल्काउँथ्यो । कोठा बाहिर यसो चियाउँदा पनि आँखा किताबकै ¥याकमा पुुग्थ्यो । भ¥याङ र अन्य कोठाहरुमा समेत नअटेपछि घर बाहिरको सानो टहरा पनि पुस्तककै लागि उनले छुट्याएका रहेछन् ।