
रामकला खड्का
नुवाकोट/ नुवाकोट जिल्लाको अति विकट क्षेत्र ढाँडखर्कमा दुई वटा शक्ति शाली भूकम्पबाट बाँचेका गाउँलेलाई यतिखेर पहिरोले कतिखेर पुरिने हो भन्ने डरले निकै त्रसित पारेको छ । आफ्नो बस्ती अगाडि नै रहेका डाडाहरूबाट घरभन्दा ठूलठूला चट्टानहरु झरेर आएका र ठाउँठाउँमा डाडै पहिरो गएको दृष्यले उनीहरूलाई न रातमा निन्द्रा लाग्छ न त दिनमै ढुक्क भएर बस्न सकेका छन्।