Showing posts with label Women. Show all posts
Showing posts with label Women. Show all posts

Saturday, July 18, 2015

प्रजनन अधिकारमा अंकुश

रामकला खड्का
नेपालको अन्तरिम संविधानको धारा २० (२) मा भएको ‘प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हक’ भन्ने व्यवस्थालाई नै भावी संविधानमा पनि मौलिक अधिकारअन्तर्गत महिलाको हकसम्बन्धी रहेको धारामा समेट्नुपर्ने विज्ञहरूको सुझाव छ । नेपाली महिलाले विगत आठ वर्षदेखि उपभोग गर्दै आएका यस हकलाई संकुचित गरी संविधानको मस्यौदामा प्रस्तावित धारा ४३ (३) अन्र्तगत ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक हुनेछ र लैंगिक पहिचानको आधारमा भ्रूण हत्या गर्ने कार्य कानुनबमोजिम दण्डनीय हुनेछ’ भनी प्रस्ताव गरिएको छ ।

Tuesday, June 23, 2015

पतिले डान्सबारमा जागिर दिन्छु भनेपछि

रामकला खड्का
काठमाडौं / बुटवलकी रोजी थापाको दोलखा घरभई कपन बस्ने भरत कुँवरसँग फेसबुकमार्फत भेट भयो। उनीहरूले एक आपसमा फोन नम्बर साटासाट गरे। भेटघाटको क्रम बढ्यो।  करिव एक वर्षको प्रेम पछि गत मंसिर २० गते उनीहरूको कपनस्थित डेरामै विवाह भयो। जीवनभर साथ दिन्छु भनेर विवाह गरेका पतिले एक महिना पछि नै आफूलाई कुटपीट गरी यातना दिनुको साथै दिनभरी कोठामा बन्द गरेर हिँड्न थालेपछि रोजीको पीडा असह्य हुन थाल्यो। घर झगडालाई बाहिर ल्याए सबैको बदनामी हुने डरले सँधै सहेर बसेकी रोजीलाई अन्तत पतिले एक जोर च्यातिएको कपडामै जेठ १० गते घरबाट निकालिदिए।

किशोरीहरूको उद्धार

मानव बेचबिखन अभियोगमा दुई युवकविरूद्ध मुद्धा


रामकला खड्का 
काठमाडौं/ निजगढ बाराकी सुनमाया तामाङलाई सिन्दुपाल्चोक महांकालका कुमार तामाङले भारत लगेर राम्रो काम लगाइदिन्छु र दुई वर्ष पछि उनीसँगै विवाह गर्छु भन्ने प्रलोभन देखाए। काठमाडौंको दक्षिणढोकास्थित सुरेन्द्र कार्पेटमा विगत एक वर्षदेखि गलैंचा बुन्ने काम गर्दै आएकी सुनमायाले कुमारको लोभमा परेर आफ्नी बहिनीसहित भारत जान तयार भइन्। यही क्रममा माइती नेपालले प्रहरीको सहयोगमा उनीहरूलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर काठमाडौं पठाइदियो। कुमारमाथि नेपालगन्जमै मानव बेचबिखनको मुद्धा चलाइएको छ।