Tuesday, October 13, 2015

अघिल्लो दिन सिन्दूर भोेलिपल्ट पोते


हास्य कलाकार शिवहरि पौडेल दर्शकमाझ ‘मुुुुखाँ हान्नुजस्तो’ थेगोबाट बढी चिनिएका छन् । जितु नेपालसँग मिलेर ११ वर्षदेखि टेलिचलचित्र ‘जिरेखुुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गर्दै आएका पौडेलको कलाकारिता यात्रा २०४५ सालदेखि सुरु भएको हो । सुनील पोखरेल, सरोज खनाललगायतले सुरु गरेको आरोहणमा हुने नाटक हुदै २०४७ सालदेखि सडक नाटक गर्न थाले ।

लय संग्रौलाको ‘ऊ अब एक्लो छैन’ टेलिशृंखलाबाट टेलिचलचित्रमा अभिनय सुुरु गरेका उनले घरभित्रको दुुुश्मन, समस्यै समस्या, सन्ध्या सारस आदिमा अभिनय गरे पनि सय भागको टेलिचलचित्र ‘देवी’ले लोकप्रिय बनायो । बद्री अधिकारीको निर्देशनमा बनेको ‘दुुश्मन’बाट ठूलो पर्दामा अभिनय सुुुुुुुरु गरेका पौडेलले चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । बहुप्रतिभाशाली कलाकार पौडेल बैंसमा कस्ता थिए त, उनकै शब्दमा ।



नाइटमा पढ्दै काम


मैले टेस्ट पास गर्नासाथ २०३८ सालबाट नेपाल आयल निगममा जागिर खान थालेँ । एसएलसीपछि कमजोर आर्थिक अवस्थाका कारण जागिर छाड्न मन लागेन । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मै काम गर्नुपर्ने हुुनाले क्याम्पस पढ्न जान भ्याइनँ । त्यसैले काठमाडौंमा मर्निङ र नाइट क्याम्पस हुुुन्छन् रे भन्ने सुनेपछि आफ्नो जन्मथलो अमलेखगन्जबाट जागिर यतै सरुवा गरेर २०४० सालमा काठमाडौं आएँ । यहाँ आएर पाटन क्याम्पसमा भर्ना भएर काम गर्दै गरेको दुुई वर्ष पनि नबित्दै नेपाल राष्ट्र बैंकमा नाम निकालेँ । गत वर्षमात्रै मैले उपनिर्देशक पदबाट अवकाश लिएँ ।

क्यामरा अगाडि फत्याकफुुुुतुुुक


पाटन क्याम्पसमा अर्थशास्त्रमा पढ्दै गर्दा एक दिन पत्रिकामा अभियान समूहमा कलाकारिता सिक्न चाहनेलाई खुुला छ भन्ने विज्ञापन देखेँ । उक्त समूहमा कृष्ण मल्ल, अशोक शर्मा, लय संग्रौलालगायतले अभिनय सिकाउने गर्थे । मलाई असाध्यै लाज लाग्ने हुुुुनाले तालिम लिए लाज भाग्ला भनेर गएँ । लय संग्रौला दाइलाई ‘म एक्लो छैन’ भन्ने टेलिचलचित्रमा केटाको ग्याङ चाहिएको रहेछ । टेलिचलचित्रमा मैले संवाद राम्रै बोले पनि अनुुहार र शरीरमा हाउभाउ मिलाउन सकिनँ । ब्यारेकको सिन थियो, हामी हिरोको साथी बनेका थियौं । मेरो आमाको चिठी आएपछि एकदमै खुुुसी भएर चिठी पढ्नुुुपर्ने थियो । चिठी त पढियो तर त्यो खुुुसी अनुुुहारमा पटक्कै झल्केन । क्यामरा नराख्दा गर्न सक्ने, राखेपछि फत्याकफुुुतुुुुक्कै हुुने । धेरै पटकको टेकमा बल्ल ओके भयो ।

नयाँ मान्छे देख्दा भाग्थे


मेरो स्वभाव अनौठो खाले थियो । साथीभाइको अगाडि साह्रै बाठो हुुुुन्थें । हाँस्ने, खेल्ने, दौडने गर्थें । साथीहरूलाई ठाडै हप्काउँथे । तर नौलो मान्छे देखेपछि असाध्यै लाज लाग्ने र बोल्नै नसक्ने । गाउँमा नौलो मानिस कोही आएर कसैको घर सोधे भने दौडेर भाग्थेँ ।

देवीले बनायो कमेडियन


टेलिचलचित्र ‘देवी’भन्दा अगाडि म सिरियस भुमिकामा अभिनय गर्थें । पाँच सेकेन्ड दियो भने आँखामा ग्लिसिरिन हाल्नुुुु पर्दैनथ्यो, आँसुुुु झरक्कै निकाल्न सक्थें । तर देवीमा मैले सिरियस मान्छेको भूमिकामा अभिनय गरे पनि अलि उत्फट्याङ काम गर्ने भएकाले बाटोमा हिँड्दा सबैले मेरो अभिनयको प्रशंसा गर्थे । अफिसका साथीले घरमा गएर यो हाम्रो अफिसमा काम गर्ने साथी हो भन्दा पनि टेलिचलचित्रमा मेरो लठेब्रो बोली र स्वभावका कारण पत्याउँदैन थिए रे । बाटोमा हिँड्दा पनि नचिन्ने मानिसले पनि मैले देवीमा संवाद बोले जस्तै गरी मलाई प्रश्न सोध्थे । यो टेलिचलचित्रले मलाई कमेडियन बनायो ।

भागी विवाह भया


हामी एउटै घरमा बस्थ्यौं । कुुुुपन्डोलको एउटा घरमा उनीहरू माथिल्लो फ्ल्याटमा म तल्लो फ्ल्याटको एउटा कोठामा । उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा पढ्ने म बैंकमा जागिरे । दिनदिनै भेट्ने र गफ गर्ने भएपछि उमेरले गर्दा पनि कति बेला माया बस्यो पत्तै भएन । चिठी लेखेर फाल्ने गरिन्थ्यो । बुुुुबा आमाबाट स्वीकृति भए पनि दाइ मेरै अफिसमा काम गर्ने भएकाले मान्नुुुु भएन । उहाँले छुुुुटाएर सर्लाही लानुुुुभयो । त्यहाँ पनि अफिसबाट कहिलेकाहीँ गाउँमा फोन भएको ठाउँमा बोलाउन पठाएर कुुुुरा गर्थें । पछि दिदीहरू काठमाडौं आउने थाहा पाएपछि उहाँहरूसँगै आउनू भनेँ । उनी आइन् । करिब एक सातापछि दक्षिणकाली गएर सिन्दूर हालिदिएँ । पोतेचाहिँ भोलिपल्ट मात्रै किनेर लगाइदिएँ । माग्या भए दिँदै दिन्नथिए, भागेरै विवाह गरियो ।

साइकलमा पुुुु¥याइदे भन्थे


कलाकारिता क्षेत्रमा नाम चल्दै गएपछि झ्याम्मिने र प्रस्ताव गर्नेहरू धेरै हुुुुन्थे । नजिक हुुुुन आउने र साइकलमा पुुुु¥याइदे भन्ने पनि गर्थे । चिया र मिठाई खुुुुवाउन लैजान्थे । तर म ‘मेरो मान्छे छ, मलाई ट्राई नगर अन्तै गर’ भनिदिन्थें ।

चलचित्र हेर्दा निदाउँथेँ


चलचित्र हेर्न जान्थेंँ । तर १५ मिनेट जति चाख दिएर हेरेपछि सुुुुत्न थाल्थेँ । चञ्चल मन भएकाले स्थिर भएर लामो समय एकै ठाउँमा बस्नै सक्दिनथेँ । कहिलेकाहीँ त सँगै गएको साथीले चलचित्र सकिएपछि उठाउनुुुुपथ्र्यो । त्यसैले कसैले पनि मलाई चलचित्र हेर्न सँगै लैजान्थेनन् ।

३३ देश घुुुुमिसकेँ


विदेशमा शो गर्न पहिलोपटक कतार गएको थिएँ । विदेशमा कस्तो हुुुुने होला भनेर स्टेजमा चढुुुुन्जेल निकै डर लदै हालसम्म ३३ देशमा शो देखाइसकें । नेपालको भने ६२ जिल्ला घुुुुमिसकेको छु ।

प्रस्तुति ः रामकला खड्का
अन्नपूर्ण पोष्ट , असोज २२ मा प्रकाशित

No comments:

Post a Comment