Monday, September 28, 2015

म किताब बाड्ने जमानाको मान्छे

चर्चित उपन्यास ‘पागल बस्ती’का लेखक सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुुलपति हुुन् । पोखरामा २०१२ सालमा जन्मिएका सरुभक्तले डिप्लोमासम्मको पढाइ पृथ्वीनारायण क्याम्पसबाट पूरा गरेका हुुन् । विसं ०६१÷०६२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य रहेका उनी विशेषतः कविता, नाटक, कथा र उपन्यास लेख्छन् । चालीसभन्दा बढी किताबका लेखक सरुभक्तको हालै ‘बांगाटिंगा धर्साहरू’ संस्मरण पाठकमाझ आएको छ । सरुभक्तसँग उनको पठनरुचिबारे रामकला खड्काले कुुराकानी गरेकी छन् ः

गुुरुसँग मागेर पढिन्थ्यो

म बाल्यकालदेखि नै किताब पढ्थे“ । गण्डकी बोर्डिङ स्कुुलमा ६ कक्षामा पढ्दा मैले पहिलोपटक कविता लेखेको थिएँ । त्यति बेला हाम्रा गुुरुबा÷गुुरुआमाले कथा र कविता सुुनाउनुुहुुन्थ्यो अनि साहित्यका बारे पनि जानकारी दिनुुहुुन्थ्यो । त्यसैबाट प्रेरित भएर हामीले लेख्न थाल्यौं । जब लेखनमा अभिरुचि सुुरु भयो, खोजीखोजी साहित्यिक किताब पढ्ने चलन सुुरु ग¥यौं । त्यति बेला विद्यालयमा पुुस्तकालय थिएनन् । क्याम्पस पढ्ने गुुरुबा गुुरुआमाको घरमा भएका किताब मागेर पढ्ने गथ्र्यौं । ‘मुुनामदन’ गुुरुले नै पढेर सुुनाउनुुभएको थियो । ‘मसान’ पनि एउटा गुुरुकै घरमा भेटेर पढेँ । हामी पढेको विद्यालय पहिले मिसनले चलाएको हुुनाले त्यहाँ ‘बाइबल’ पनि पढ्न पाइन्थ्यो । ‘बाइबल’ पढेर घर पुुगेपछि ‘स्वस्थानी’ र ‘महाभारत’ पढिन्थ्यो । ८, ९ कक्षामा पुुगेपछि छुुट्टीमा घर जाँदा पोखरा बजारका किताब पसलमा गएर किताब किनेरै पढ्न थालियो । यिनै किताबको पठनले साहित्यिक क्षेत्रमा पनि रुचि बढ्दै गयो ।

विज्ञान छाडेर मानविकी पढाइ


०२९ सालदेखि क्याम्पस पढ्न थालेँ । म यहाँ काठमाडौंमा अस्कल क्याम्पसमा भर्ना भएँ । त्यति बेला विज्ञान पढेर डाक्टर वा इन्जिनियर बन्नुुपर्छ भन्ने मान्यता हुुन्थ्यो । पढ्नका लागि ठूलाठूला पुुस्तकालय पनि थिए । भारतीय पुुस्तकालय, ब्रिटिस काउन्सिलको पुुस्तकालयमात्रै नभई क्याम्पसकै पुुस्तकालयमा पनि थुुप्रै किताब पाइन्थे । करिब एक वर्ष विज्ञानमा प्रमाणपत्र पढुुन्जेल मैले विज्ञान र साहित्यका थुुप्रै किताब पढेँ । पछि घटना र परिस्थितिले म यो पढाइ छाडी पोखरा गएर मानविकीमा भर्ना भएँ ।

साहित्यमा विज्ञान


बाल्यकालमा मलाई साहित्यभन्दा बढी विज्ञानमा रुचि थियो । म कक्षाको पहिलो विद्यार्थी थिएँ । मेरोमात्रै नभई आमाबुुवा पनि छोरा धेरै पढेर डाक्टर बनिदियोस् भन्ने चाहना राख्नुुहुुन्थ्यो । त्यति बेला साहित्यमा पनि रुचि त थियो तर विज्ञानमा नै बढी थियो । यसैका कारण साहित्यमा होमिए पनि विज्ञान साहित्य लेख्न थाले“ । ‘एक अविनबको आत्मकथा’ मेरा पहिलो विज्ञान उपन्यास हो । यसका विषयवस्तुु विज्ञानसँगै सम्बन्धित छन् । साहित्यमा विज्ञानलाई पनि ल्याउन पाए हुुन्थ्यो भन्ने इच्छाले मेरा कथा र नाटकमध्ये धेरै विज्ञानका विषयमा नै केन्द्रित छन् ।

नाटकमा विशेष रुचि


म आख्यान, गैरआख्यान दुुवै पढ्थे“ । युुवा अवस्थामा मेरो ठूलो रुचिको विषय नाटक नै थियो । म धेरै समय नाटकलाई दिन्थेँ । निर्देशन, लेखनमात्रै होइन; अभिनय पनि आफैं गर्थें । चालीसको दशकयता भने म बढी आख्यानमा केन्द्रित भएँ । भनिन्छ, अहिले आख्यानको युुग हो । तर, कविता र नाटकप्रति पनि मेरो बराबर रुचि भएकाले म सबै विधाका साहित्य पढ्छुु । भाषागत रूपमा हेर्दा नेपाली र अंग्रेजी बढी छन् । त्यसपछि हिन्दी हो । हिन्दी साहित्य र हिन्दीमा अनुुवाद भएका बंगाली साहित्य पनि धेरै पढेँ । बंकिमचन्द्र, शरदचन्द्र चटोपाध्याय, रवीन्द्रनाथ ठाकुुरलगायतका बंगाली साहित्यिक हस्तीका किताब मैले धेरै पढेको छुु । अहिले भने म जापानी लेखक हारुकी मुुराकामीको ‘द वाइल्ड सिप चेस’ नामक अंग्रेजी उपन्यास पढ्दैछुु ।

सम्झनामा महाभारतका पात्र


मलाई विश्वकै सर्वाधिक उत्कृष्ट लाग्ने ग्रन्थ ‘महाभारत’ हो । ‘महाभारत’ विभिन्न भाषामा गरी कतिपटक पढे“, मलाई सम्झना छैन । महाभारतका चरित्र नै बढी भएकाले तिनलाई म धेरै सम्झन्छुु । कौरव र पाण्डवका कथा र उनीहरूबीचका घातप्रतिघातका कुुरा, कृष्ण अर्जुुनका कुुराले महाभारतलाई विशेष बनाएको छ । त्यसैगरी महाभारतमा राजनीति, धर्म, दर्शन, नारी पुुरुषका तत्कालीन जीवन, न्याय अन्यायलगायतका सबै विषय समेटिएको छ । भनिन्छ, महाभारतमा नभएका कुुरा संसारमै छैनन् । त्यसैगरी चरित्र पनि असंख्य भएका र प्रत्येक चरित्रपछाडि आआफ्ना विशेषता भएकाले महाभारतका पात्रलाई म आफ्नो साहित्यिक लेखनीमा पनि ल्याउने गर्छुु ।

बाँड्नेमा विश्वास


म व्यवस्थित रूपमा किताब संग्रह गर्ने मान्छे होइन । संकलन गरेर राख्नेभन्दा पनि बाँड्ने काममा बढी विश्वास गर्छुु । आफूले पढेपछि अरूलाई ‘पढ’ भनेर दिन मन लाग्छ । तैपनि सानोतिनो पुुस्तकालय त छ मेरो घरमा । अहिले केही हजार पुुस्तक होलान् मेरा पुुस्तकालयमा । अहिलेका मानिसमा व्यावसायिकता आए पनि म अलि पुुरानो जमानाको मान्छे , किताब बाँड्ने जमानाको मान्छे । मस“ग       श्रद्धावश किताब मागेर लैजाने धेरै हुुन्छन् । त्यस्तासँग फिर्ता ल्याऊ पनि भन्दिन“, उपहारकै रूपमा दिन्छुु । किन्नुु छ भने किताब पसलमा जाऊ, मकहाँ आए उपहारका रूपमा लिएर जाऊ भन्छुु म ।

उपहारमा किताब


अचेल पोखरामा उपहारमा पुुस्तक साटासाट गर्ने चलन आएको छ । तर पनि पुुस्तक एकअर्कालाई पढ्न दिने र उपहारमा पुुस्तक दिने चलन देशव्यापी फस्टाउन सकेको छैन । कहिलेकाहीँ कुुनै संस्थाको कार्यक्रममा पुुग्दा ‘यो किताब तपाईंलाई उपहार’ भनेर दिन्छन् । यसरी उपहार दिने चलन मलाई एकदमै राम्रो लाग्छ । यसले पढ्ने संस्कृति विकास गर्छ र साहित्यलाई चर्चित बनाउँछ । त्यसैगरी समाजमा साहित्यको महŒव झल्काउन पनि यसले निकै महŒवपूर्ण भूमिका खेल्छ ।

प्रत्येकपटक नयाँ अर्थ


जुुन किताब दोहो¥याएर पढिन्छ, ती किताब जीवनका लागि निकै महŒवपूर्ण हुुन्छन् । मैले महाभारत सयौंपटक पढेँ होला । देवकोटाको ‘मुुदामदन’ दर्जनौंपटक, त्यत्तिकै संख्यामा समका नाटक, माधव घिमिरेका कविता, भूपि शेरचनका कविता पढेँ । प्रत्येकपटक पढ्दा त्यसमा नयाँनयाँ अर्थ भेटिन्छन् र जतिपटक पढ्दा पनि नयाँ चीज पढेजस्तै अनुुभूति हुुन्छ । पटकपटक पाठकलाई तान्नसक्ने यस्ता किताब नै अमर हुुन्छन्जस्तो लाग्छ । विद्यार्थीकालमा हास्यव्यंग्यात्मक किताब धेरै पढिन्थ्यो । साथीभाइमाझ किताबको चर्चा हुुँदा केशवराज पिँडाली, भैरव अर्यालका ‘जय भुुँडी’, ‘गलबन्दी’लगायतका किताबबाट कुुन पृष्ठमा के छ भनेर कण्ठै भनिन्थ्यो ।

अपडेट गर्न किताब


हामी जुुन सभ्यताको चरण र संसारमा छौं, अहिलेको आधुुनिक ज्ञानविज्ञान र सभ्यता÷संस्कृति बुुझ्न किताब नभई हुुँदैन । शिक्षित व्यक्तिले किताब पढ्नुु भनेको स्वस्थ वातावरणमा सास फेर्नुुजस्तै हो । किताब नभए मानिस निसास्सिन्छ । यो जीवनको एउटा अभिन्न अंग हो । जीवनलाई अपडेट गर्न, आफूलाई सभ्य र सुुसंस्कृत बनाउन, मानसिक विकास गर्न किताब पढ्नुु जरुरी हुुन्छ ।

लक्ष्य निर्धारणमा किताब


शिक्षाको दृष्टिले नयाँ पुुस्ता हामीभन्दा धेरै जान्नेसुुन्ने छन् । त्यसैले उनीहरूलाई ‘यो पढ, यो नपढ’ भन्नुुभन्दा पनि पढेको चीजलाई राम्रोसँग व्यवहारमा उतार भनेर सिकाउनुुपर्छ । राम्रो साहित्य के हो, नराम्रो के हो त्यसलाई अन्तरमनबाट हृदयंगम गर्ने कोसिस गर्नुुपर्छ । धेरै किताब पढेर तिनमै रुमल्लिएर बस्नुु हुुँदैन । जे पढ्छौं, त्यसबाट हामीले आफ्नो जिन्दगीको एउटा लक्ष्य निर्धारण गर्नुुपर्छ । .

 

......मनपर्ने किताब.......


फिक्सन

१.वार एन्ड पिस

२.क्राइम एन्ड पनिसमेन्ट

३.द वल्ड म्यान एन्ड द सी

४.अ फेयरवेल टुु आम्र्स

५.मदर

६.वन हन्ड्रेड इयर्स अफ सोलिच्युुड

७.माधवी

८.शिरीषको फूल

९.द स्ट्रेन्जर

१०.एन्ड क्वाइट फ्लोज द डन

ननफिक्सन

१. रिपब्लिक

२. मिथ अफ सिसिफस

३. बिइङ एन्ड नथिङनेस

४.लक्ष्मी निबन्धसंग्रह

५.ह्यामलेट

६. ओरिजिन अफ स्पेसिस

७. इन्टरप्रिटेसन अफ ड्रिम्स

८. हिस्ट्री अफ वेस्टर्न फिलोसोफी

९. कम्युुनिस्ट घोषणापत्र

१०. अ ब्रिफ हिस्ट्री अफ टाइम

कविता

१. मुुनामदन

२. घुुम्ने मेचमाथि अन्धो मान्छे

३. आमाको सपना

४. तरुण तपसी

५. रामायण

६. लिभ्स अफ ग्रास

७. द वेस्ट ल्यान्ड एन्ड अदर पोयम्स

८. प्याराडाइज लस्ट

९. महाभारत

१०. गीताञ्जलि

No comments:

Post a Comment