Friday, August 11, 2017

कार्टुुन्ज क्रुुको क्रेज


रामकला खड्का

कीर्तिपुरमा बस्ने केही युुवा मिलेर नृत्य समूह सुुरु गरे, ‘ब्वायज अफ कीर्तिपुर’ । केही वर्षपछि यसका सदस्य अन्यत्र गए । संस्थापकमध्येका सरोज अधिकारीको पहलमा सन् २०१० मा सुुरु भयो कार्टुुन्ज क्रुु । टेलिभिजनमा कार्टुुन हेर्दा जति रमाइलो हुुुुन्छ, त्यही अनुुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम ‘कार्टुुन्ज क्रुु’ जुुराएको उनको भनाइ छ । सुुरुमा बी बोइङमात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा ‘ब्याटल अफ द इयर’मा भाग लिने अवसर पायो । समूह सेमिफाइनलसम्म पुुगेको थियो ।

सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा पनि १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर उनीहरू दोस्रो भएका थिए । सोलो ब्याटलमा आस्मा बी बोइङमा केटालाई समेत उछिनेर सेमिफाइनलमा पुुगिन् । आफ्नो पहिलो कभर भिडियो जालमा युट्युुबमा भाइरल भएपछि काटुुन्ज क्रुु निकै हौसियो । त्यसपछि उनीहरूका गीत हिट हुुँदै गए । त्यसमध्ये पानी प¥यो र नाइँ मलाई थाहा छैन करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । कुुनै पनि भिडियो सुुट गर्दा उनीहरू एकअर्कासँग चल्छन्, रमाउँछन् र आफूभित्रको रमाइलोपनलाई भिडियोमा देखाउने प्रयास गर्छन् ।

आफूले वास्तविक जीवनमा पूरा गर्न नसकेका कुुरा भिडियोमा पात्रमार्फत देखाउने गर्छन् उनीहरू । कुुनै पनि भिडियोको कन्सेप्ट डिरेक्सन सरोजले गरे पनि कोरियोग्राफी सबै मिलेरै गर्छन् । लोक शैलीको नेपालीपन झल्कने गीतमा भिडियो गर्न रुचाउने उनीहरू आफूले गर्ने कुुनै पनि नयाँ गीतमा पहिलेको भन्दा अझै राम्रो प्रस्तुुति दिने प्रयत्न गर्छन् । पैसाका लागि आफूहरूले काम नगरेकाले सुरुमा पैसा नहुुँदा सबैले उठाएरै भिडियो बनाएका उनीहरूको भनाइ छ । अहिले परिवार, साथीभाइ र प्रशंसकको साथ पाएकोमा क्रुुका सदस्य दंग छन् ।

कसैको गीतमा नाच्दा उनीहरूले एकदेखि डेढ लाख रुपैयाँसम्म पारि श्रमिक लिन थालेका छन् । तर, सबैलाई बाँड्दा त्यो रकम नगन्य हुुन्छ । समूहमा आस्मा, लाक्पा, रामलगायतले राम्रो गाउन पनि सक्छन् । त्यसैले अबका दिनमा आफ्नै समूहले गीत निकालेर त्यसमै भिडियो बनाए पछिसम्म टिक्न सजिलो हुुने उनीहरूको सोच छ । कभर सङ गरेर जति नै चर्चा कमाए पनि प्रतिलिपि अधिकारका कुुराले गर्दा आफूहरूले डाइरेक्ट भिडियो गर्न थालेको सरोजले बताए । आफ्नै खेतमा हलो नजोती फल खान पाइन्न भन्ने निष्कर्षमा यो समूह पुगेको छ ।

आस्माको घरमा विवाहको कुुरा गर्न उनकी आमा नै डराउँछिन् उनीसँग । तीन वर्षसम्म आफूलाई कुुरेर बसेको केटालाई समेत नाइँ भनिदिइन् उनले । समूहका सदस्य दैनिक पाँच ६ घन्टा एउटै हलमा बसेर नृत्य अभ्यास गर्छन् । त्यसैले परिवार भने पनि, साथी भने पनि एकअर्का नै हो भन्ने सबैले एकै स्वरमा भने । कहिलेकाहीँ साथीहरू ढिला आइपुुगे सरोजले हप्काउने गर्छन् । तर, यही ठाकठुुकले आफूहरूबीचको सम्बन्ध झन् गाढा बन्दै गएको उनीहरूले बताए । यस क्षेत्रमा उनीहरूको कुुरा काट्ने पनि छन् । तर, त्यसबाट विचलित नभई सकारात्मक रूपमा लिएर आफूलाई नै सुुधार्ने कोसिस गर्छन् उनीहरू । यस क्षेत्रमा लागेका व्यक्तिहरूबीच एकअर्कामा एकता हुुनुुपर्ने र एकले अर्कालाई सम्मान गर्ने परिपाटी बसाउनुुपर्ने उनीहरूको धारणा छ ।

मन खोलेर नाँच्दा दामी देखिन्छ :  सरोज अधिकारी

सरोज अधिकारीको स्थायी घर महोत्तरी बर्दिबास भए पनि सानैदेखि सरोज कीर्तिपुर पाँगामा नै हुुर्किए । विद्यालयका हरेक कार्यक्रममा उनलाई नाच्न लगाउँथे । त्यसैले उनलाई स्कुुल लाइफ सेलिब्रेटीकै रूपमा लिन्छन् उनका साथीहरू । नृत्यलाई निरन्तरता दिएका कारण पढाइ पूरा गर्न नसकेकोमा उनलाई दुुःख लाग्छ । तर, अझै उमेर बाँकी रहेकाले पढ्ने रहर छ उनमा । मन खोलेर नाच्दा दामी देखिन्छ भन्ने उनलाई लाग्छ । जीवनभर यही क्रुुमा आबद्ध भएर यसलाई नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनाउने उनको सोच छ ।

...

नेपाललाई विश्वमा चिनाउँछुु : आस्मा विश्वकर्मा

सानैदेखि नृत्यमा सोख थियो । एक दिन आफ्नो मिल्ने साथी सुुरज मगरले बी गर्ल नामक चलचित्र देखाएपछि उनलाई बी बोइङ केटीले पनि गर्नसक्ने रहेछन् भन्ने लाग्यो । उक्त नृत्य युट्युुब हेर्दै सिक्न थालिन् । धरानकी आस्मा जोरपाटीमा बस्छिन् । कार्टुुन्ज क्रुुमा आबद्ध भइसकेपछि परिवारबाट पनि साथ पाउँदै गइन् । उनले आफ्नो समूहका पाँचजना साथीबाट आफ्नै परिवारको दाजुुभाइभन्दा पनि बढी साथ र सुुरक्षा पाएकी छन् । बी गर्लको रूपमा परिचित आस्मा आफ्नो समूहकै माध्यमबाट विश्वमा नेपालको नाम चिनाउन चाहन्छिन् ।

...

नाचेकै पैसाले एसएलसी पास : राम घले गुुरुङ

नुुवाकोट घर भई लाजिम्पाटमा बस्दै आएका राम घले गुुरुङ पहिले जिन्म्यास्टिक गर्ने गर्थे । पछि गएर एक्सन चलचित्रको हिरो बन्छुु भन्ने उनलाई लागेको थियो । तर, त्यति बेला बी बोइङको ट्रेन्ड चलेकाले उनी पनि ठमेलमा गएर यो नृत्य सिक्न थाले । उनको एसएलसीको परीक्षा हुुँदा जहिले पनि कुुनै ठूलो प्रतियोगिता पर्ने गरेकाले उनले परीक्षामा ध्यान केन्द्रित गर्न सकेनन् र चारपटकसम्म अनुत्तीर्ण भए । पछि आस्माले एक कार्यक्रम गरेर दिएको पाँच हजार रुपैयाँले फारम भरेर उनी उत्तीर्ण भए । हाल १२ कक्षा दिएर बसेका उनी अहिले भने सबैको साथ पाएकोमा दंग छन् ।

...

अस्पतालमा पनि सिक्न जान्थेँ : लाक्पा लामा

काभ्रेका लाक्पा लामो समयदेखि स्वयम्भूमा बस्दै आएका छन् । विद्यालयमा ठूला दाइहरूले गरेको देखेर उनलाई पनि नृत्यमा रुचि जाग्यो । नृत्यमा लाग्दा उनका दाइले पढाइमा नै ध्यान दिन भन्थे । तर, उनी नृत्य अभ्यासका लागि घरबाट भागीभागी हिँड्थे र कहिले खुुला चौरमा त कहिले अस्पतालको मार्बल भएका ठाउँमा गएर गर्ने गर्थे । पछि गएर एउटा रेस्टुुरेन्टमा काम गर्ने गरेका उनलाई क्रुुको तर्फबाट प्रस्ताव आएपछि समूहमा आबद्ध भए ।

...

पानी ल्याउने निहुुँमा नृत्य : सुुबिन चौहान

भोजपुुरका सुुबिन बानियाँटारमा बस्छन् । पहिले उनी फ्लिप गर्ने गर्थे । साथीहरूले दामी छ भनेपछि उनको हौसला बढ्दै गयो । रामले बी बोइङ गरेको देखेर उनलाई पनि गर्न मन लाग्यो । रामको घरमा पानी लिन जाने निहुुँमा उनी ग्यालिन बोकेर अलि चाँडै नै जान्थे । त्यही निहुुँमा नृत्य अभ्यास गरेर बस्थे । घरमा बसे काममात्रै लगाउने देखेर उनी साथीको घरमा गएर नृत्य सिक्थे । सरोज अधिकारीले बोलाएपछि क्रुुमा आबद्ध भएको उनले बताए ।

...

पहिले नाच्न लाज लाग्थ्यो : विकास राई

विकासलाई नाच्न साह्रै लाज लाग्थ्यो । हाउभाउचाहिँ उनी देखाउँथे तर नाच्न आउने थिएन । स्टेप अप नामक एक अंग्रेजी चलचित्र हेरेपछि उनलाई जोश र जाँगर बढ्यो । क्रुुमा आबद्ध भएपछि उनलाई स्वतन्त्र महसुुस भयो र आफूले चाहेको कुुरा प्रस्तुुत गर्न पाएको पनि भान भयो । स्नातकोत्तर तहको तेस्रो वर्षसम्म पनि उत्तीर्ण हुुन नसकेपछि उनी पुुनः बीबीएमा भर्ना भए । नृत्यमै व्यस्त भएर पढाइमा समय दिन नसके पनि हार मान्ने भने उनको बानी छैन ।

...

कार्टुुन क्रुुका चर्चित भिडियो


पानी प¥यो
नीर जहिले
ल्याङ ल्याङ
नाइँ मलाई थाहा छैन
माया माया
कान्छी मायालुु
मोटरसाइकल

बालबिवाह अन्त्यको राष्ट्रिय अभियान शुरु

बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद

रामकला खड्का
काठमाडौं, २६ साउन : मोरङका चन्दन ऋषिदेवले १६ वर्षको उमेरमा आफूभन्दा एक वर्ष कान्छी केटीसँग विवाह गरे । कक्षा ८मा पढ्दापढ्दै आफू खुसी विवाह गरेकाले उनलाई घरबाट पनि निकालिदिए । पत्नी पाल्नुपर्ने जिम्मेवारीले गर्दा उनले पढाई छाडिदिए । दुई वर्षमै छोरा जन्मिपछि शिक्षा र शिप नभएका यी पतिपत्नीलाई जीविका चलाउन गाह्रो प¥यो । बालविबाहले निम्त्याएको चन्दनको दुखेसो सकिनेवित्तिकै हेटौडाकी मनिषा लामाले पनि आफ्नो पीडा पोखिन् । १८ बर्षिया मनिषाले काठमाडौं वडा नं १५मा रहेको गितामाता माविमा एउटै कक्षामा पढ्ने दिनेशसँग दुई वर्षको प्रेमपछि विवाह गरिन् । कक्षा ११मा पढ्दै गरेका उनीहरुले विवाहको दुई महिनापछि पढाई छाडे । दिनेश गाडी सर्भिसिङ गर्छन् भने मनिषा दुई महिने छोरालाई हुर्काउँदै छिन् । छोरालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित मनिषाले भनिन्, ‘विवाह गर्न हतार नगरेको भए अहिले  यस्ता कुराको चिन्ता गर्नु पर्ने थिएन ।’ पढाई महत्वपूर्ण रहेछ र आफ्नो  खुट्टामा उभिएर मात्र विवाह गर्नुपर्ने रहेछ भन्ने महशुस गरेकी मनिषाले पश्चाताप पोख्दै भनिन्,‘ जसरी हामीले बालबिवाह गरेर दुख पायौं, त्यसरी कसैले दुख नपाओस् ।’ चन्दन र मनिषा जस्ता उमेर नपुगी विवाह गर्ने बालबालिका हुन् या जबरजस्ती बालविवाहका लागि बाध्य पार्ने ब्यक्तिलाई अब कानुनले सजाय दिने भएको छ । २० वर्ष नपुगी गरिएका बालविवाह स्वत रद्ध हुने र यसरी विवाह गर्ने केटाकेटी र गराउने ब्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार रुपैंया जरिवाना वा दुवै हुन सक्ने ब्यवस्था गरिएको छ । बुधबार संसदमा पारित फौजदारी संहिताले गरेको उक्त ब्यवस्थाको कार्यान्वयन आमामी वर्ष भदौ १ गतेबाट हुने भए पनि यसबारे ब्यापक जनचेतना फैलाएर बालबिवाह न्युनिकरण गर्न बिहीबार राजधानीमा ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियान शुरु भएको छ ।

नेपालले बाल विवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको थियो । त्यसैगरी दिगो विकास लक्ष्य ५.३ र १६.२ले बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेका छन् । नेपाल सरकारले पनि सन् २०३०सम्ममा देशबाट बाल विवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरेको छ । सरकारको यही लक्ष्यलाई सघाउने उदेश्यले गर्न लागिएको पाँच बर्षिय राष्ट्रिय अभियानको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बालविवाहलगायतका कुरितीको अन्त्य गर्ने दायित्व राज्यको भए तापनि यस्ता अधियानले नेपालमा बालबिवाह रोक्न उल्लेख्य योगदान पु¥याउने बताइन् । बालबिवाहले बालबालिकाको मानव अधिकार हनन् मात्रै नभई देशको समग्र आर्थिक अवस्थामा नै नकारात्मक प्रभाव पार्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिइन् । सामूदायिक रेडियो प्रशारक संघ, राष्ट्रिय युवा परिषद् नेपाल र वल्र्ड भिजनले संयुक्त रुपमा शुरु गरेको उक्त अभियानमा नेपाल सरकारकातर्फबाट कानुन संसदिय मामलामन्त्री यज्ञबहादुर थापा र महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले पनि एक्येवद्धता जनाए । कानुन मन्त्री थापाले यस्ता अभियानले सामूदायिक रेडियोमार्फत गाउँगाउँसम्म जनजागरण फैलाउन र युवा परिचालन गरि बालबिबाह रोक्न सहयोग पु¥याउने धारणा राखे । त्यसैगरी महिलामन्त्री कोइरालाले फौजदारी संहिता पारित भइसकेको अवस्थामा बालबिवाह अन्त्यका लागि कानुनी समस्या नभए तापनि यसको कार्यान्वयनमा भने जोड दिनुपर्ने बताइन् । बालबिवाह, बोक्सी प्रथा, छाउपडीलगायतका कुरितीहरुलाई अन्त्य गर्न मन्त्रालयका तर्फबाट पनि विशेष अभियान संचालन गर्ने योजना रहेको उनले बताइन् । हत्या, बलात्कार, बेचबिखन, अपहरणलगायतका समस्या गरिबीका कारण उब्जेकाले यस्ता अपराधलाई कमी गराउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका शशक्तिकरणका कार्यक्रम संचालन गरिने उनले बताइन ्। देशभरका सात सय ४४ वटै स्थानिय तहमा भएका नीतिगत ब्यवस्थालाई कार्यान्वयन गरेर ती कुरिती र अपराधको अन्त्य गर्नका लागि एउटा ‘एक्सन’मा जाने टिम मन्त्रालयले निर्माण गर्न लागको जानकारी पनि मन्त्री कोइरालाले दिइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न कानुनमा बालबालिकाको परिभाषा नै भिन्दै भएको उल्लेख गर्दै कुनै पनि कानुन निर्माण गर्दा यस अघि बनेका कानुन के छन् र तीनको सामन्जस्यता कसरी गर्ने भन्नेमा पनि ध्यान दिनुपर्ने सुझाब दिए । बाल विवाह दर उच्च हुने विश्वका दश देशहरुमध्ये नेपाल पनि एक हो । एसियामा बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा रहेको छ । यूनिसेफले प्रकाशन गरेको प्रतिवेदन द स्टेट अफ द वल्र्ड्स चिल्ड्रेन २०१६का अनुसार नेपालमा ३७ प्रतिसत बालिकाले १८ वर्ष उमेरभन्दा पहिले र १० प्रतिसतले १५ वर्ष उमेरभन्दा पहिले विवाह गर्ने गरेका छन् ।

Sunday, August 6, 2017

सामाखुसीमा ढलले बगाएकी सत्याको साहस



रामकला खड्का
साउन २२ : सत्या सापकोटा हिजोआज धेरै नै चर्चामा आइसकेको नाम हो । तर, आफूले कुुनै राम्रो काम गरेर चर्चामा आएको नभएकाले चर्चाको खुुसी भने सत्यामा पटक्कै छैन । गत असार ३० गते सामाखुुसीको ढलमा खसेर पनि बाँच्न सफल उनी आज पनि आफूलाई पहिलेकै जस्तो साधारण सत्यामै सन्तुुष्ट हुुन चाहन्छिन् ।
सधैंझैं विद्यालय सकिएर घर जाने क्रममा विद्यालयको बसबाट उनी सामाखुुसीस्थित आफ्नो घरनजिकैको चोकमा झरिन् । करिब दुुईतीन मिनेट हिँडेपछि घर पुुगिन्थ्यो । तर, त्यो दिन धेरै पानी परेको र बाटो पनि जाम भएकाले सधैं हिँड्ने पट्टिको बाटोमा ठूलो खाल्डो छ भनेर उनी अर्कोपट्टिबाट हिँडेकी थिइन् । पाइला अगाडि बढाउने क्रममा उनी अचानक ढलभित्र खसिन् ।
धेरैले उनलाई पानीभित्र पसेपछि त होश हरायो होला है भनेर सोध्ने गर्छन् । तर, त्यसो होइन । उनी पूरै होशमा थिइन् । पानीभित्र जताततै अन्धकार भए पनि उनले ‘यो मेरो जीवनको अन्तिम क्षण हो, अब के सोचौं’ भन्ने लागेर त्यहाँभित्रै हातले मुुख पुुछ्ने प्रयास गरेकी थिइन् । पानीमा पनि उनले हात फिँजारेर माथि आउने प्रयास गरिरहेकी थिइन् । यत्तिकैमा यो घटना देखेर उनलाई उद्धार गर्न पछ्याइरहेका व्यक्तिले उनको हात समातेर उनलाई पानीबाट बाहिर निकाले । बाहिर निस्किएपछि नजिकैको किराना पसलकी महिला आएर सत्यालाई उनको घरसम्म पुु¥याइदिइन् । ब्याग बोकेरै पानीमा झरेकी सत्या ब्यागसहित बाहिर निस्केकी थिइन् । पानीबाट बाहिर निस्किएपछि सबैको ध्यान सत्यातिर नै भएकाले उनलाई डरभन्दा बढी लाज लाग्यो । उनको ब्यागभित्र पानी पसे पनि ती पढ्न मिल्ने अवस्थामा रहेको उनले पाइन् । उनका आमाबाबुु र भाइ जापानमा रहेकाले उनी यहाँ आफ्नो अंकल, आन्टी र तीन वर्षीय भाइसँगै बस्छिन् । अंकलले ठमेलमा रेस्टुुरेन्ट सञ्चालन गर्ने भएकाले घरमा आन्टी र भाइमात्रै थिए । उनलाई देखेपछि उनकी आन्टीले पनि आत्तिएर उनलाई नुुहाउन पठाइन् । नुुहाएर आएपछि भने उनलाई पहिलेको घटना सम्झेर डर लाग्न थाल्यो । सत्या ३० फिट जतिको दूरीसम्म पानीभित्र बगेकी थिइन् । यद्यपि आफूले पानी धेरै ननिलेकाले टाउको दुुख्ने वा बान्ता हुुनेजस्तो असहज केही पनि नभएको उनले सम्झिइन् । घर पुुगेर नुुहाइधुुवाइ गरेपछि चिया र चाउचाउको सुुप खाएकी सत्याले बेलुुकी त अन्य दिनजस्तै गरी खाना नै खाइन् । त्यो दिन सुुत्ने बेलासम्म पनि उनलाई सन्चोबिसन्चो सोध्न धेरै फोन आइरहेका थिए । उनले जापानमा रहेकी आफ्नी आमालाई त घर आउनेबित्तिकै फोन गरेकी थिइन् । त्यति बेला छोरीको कुुरा सुुनेर आमाले फोनमै रुँदै ‘बाटोमा राम्रोसँग हिँड, अबदेखि होश पुु¥याउनू’ भन्दै सम्झाउनुुभएको उनले बताइन् । केही समयपछि उनी पानीमा खसेको भिडियो भाइरल भएपछि त झन् आत्तिएर आफन्त र साथीभाइमध्ये धेरैले उनलाई फोन गरेका थिए ।
नक्सालस्थित वृहस्पति विद्यासदनमा कक्षा ९ मा पढ्ने सत्या दुुई वर्षअगाडि मात्रै जापान गएर आएकी थिइन् । यस वर्ष पनि दसैंमा उनी आफंै जापान जाने हो या आमाबाबुु यहाँ आउने हो, टुुंगो भइनसकेको उनले सुुनाइन् । तर पनि आफूले पाएको नयाँ जीवनलाई यो दसैंमा आमाबाबुुसँग मनाउन पाइने खबरले पनि उनी उत्साहित छिन् । आफ्ना आमाबाबुुपछि आफूलाई बचाएर नयाँ जीवन दिने बीबीलाल तामाङ र हरि थापा आफ्ना लागि सधैं महŒवपूर्ण व्यक्ति रहने पनि उनले बताइन् । पढाइमा पनि अब्बल मानिने सत्याले गत वर्षको जिल्लास्तरीय परीक्षामा ३.६३ ल्याएकी थिइन् । उनलाई गणित र ऐच्छिक गणितबाहेक अन्य सबै विषय सजिलै लाग्छ । फुुर्सदमा कोरियन पप र अंग्रेजी गीत सुुन्नुुका साथै चलचित्र हेर्न र घुुम्न जान उनलाई मन लाग्छ । पत्रकार बन्नुु उनको जीवनको लक्ष्य हो । पत्रकारिता क्षेत्रमा पनि निर्णायक तहमा पुुगेर काम गर्न सके समाजमा धेरै परिवर्तन गर्न सकिने उनको सोचाइ छ । हालै आफ्नो विद्यालयले आफूलाई साहस तथा पुुनर्समायोजन गर्नसक्ने अनुुपम विद्यार्थीका रूपमा दिएको एक लाख पचास हजार रुपैयाँ सहयोगलाई उनी आफ्नो अध्ययनकै लागि प्रयोग गर्न चाहन्छिन् । काठमाडौंका अधिकांश बाटाहरू यस्तै अवस्थामा रहेकाले विद्यार्थी साथीहरूलाई सडकमा हिँड्दा होशियार भएर हिँड्न उनी सुुझाव दिन्छिन् । ‘बाटोहरू सबै बिग्रिएका छन् । राम्रोसँग हिँड्नुुपर्छ’, उनले भनिन् ।
त्यसैगरी जीवनमा आइपर्ने यस्ता समस्याबाट नआत्तिईकन अगाडि बढ्न सक्नुुपर्ने पनि उनले बताइन् ।

Tuesday, October 13, 2015

अघिल्लो दिन सिन्दूर भोेलिपल्ट पोते


हास्य कलाकार शिवहरि पौडेल दर्शकमाझ ‘मुुुुखाँ हान्नुजस्तो’ थेगोबाट बढी चिनिएका छन् । जितु नेपालसँग मिलेर ११ वर्षदेखि टेलिचलचित्र ‘जिरेखुुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गर्दै आएका पौडेलको कलाकारिता यात्रा २०४५ सालदेखि सुरु भएको हो । सुनील पोखरेल, सरोज खनाललगायतले सुरु गरेको आरोहणमा हुने नाटक हुदै २०४७ सालदेखि सडक नाटक गर्न थाले ।

लय संग्रौलाको ‘ऊ अब एक्लो छैन’ टेलिशृंखलाबाट टेलिचलचित्रमा अभिनय सुुरु गरेका उनले घरभित्रको दुुुश्मन, समस्यै समस्या, सन्ध्या सारस आदिमा अभिनय गरे पनि सय भागको टेलिचलचित्र ‘देवी’ले लोकप्रिय बनायो । बद्री अधिकारीको निर्देशनमा बनेको ‘दुुश्मन’बाट ठूलो पर्दामा अभिनय सुुुुुुुरु गरेका पौडेलले चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । बहुप्रतिभाशाली कलाकार पौडेल बैंसमा कस्ता थिए त, उनकै शब्दमा ।

Monday, September 28, 2015

म किताब बाड्ने जमानाको मान्छे

चर्चित उपन्यास ‘पागल बस्ती’का लेखक सरुभक्त हाल नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुुलपति हुुन् । पोखरामा २०१२ सालमा जन्मिएका सरुभक्तले डिप्लोमासम्मको पढाइ पृथ्वीनारायण क्याम्पसबाट पूरा गरेका हुुन् । विसं ०६१÷०६२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य रहेका उनी विशेषतः कविता, नाटक, कथा र उपन्यास लेख्छन् । चालीसभन्दा बढी किताबका लेखक सरुभक्तको हालै ‘बांगाटिंगा धर्साहरू’ संस्मरण पाठकमाझ आएको छ । सरुभक्तसँग उनको पठनरुचिबारे रामकला खड्काले कुुराकानी गरेकी छन् ः

Friday, September 25, 2015

सिद्धार्थ र सार्थकसँग निभाको राखी

हिजो जनैपूर्णिमा अर्थात् राखी । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधेर उनीहरूको रक्षाको कामना गर्छन् । कालीमाटीनिवासी निभा  श्रेष्ठ पनि आफ्ना दाजुभाइलाई यसरी नै राखी बाँधिदिन्थिन् अनि उनीहरूको आशीर्वादका साथै उपहार पनि पाउँथिन् । दाइ सिद्धार्थले उनलाई राखी किनेर ल्याऊ भन्दा उनी जिस्कँदै भन्ने गर्थिन्, ‘राखी त भेटिएन, रेखा थापा भए हुन्छ ? ’ हाल सेन्ट मेरिज स्कुलमा कक्षा १० मा पढ्ने निभाले करिब पाँच वर्ष अगाडिदेखि आफ्ना दाइ र फुपूका छोरा सार्थकलाई राखी बाँध्दै आएकी हुन् । विनाशकारी भूकम्पले आफ्ना दुवै दाजुभाइलाई चुँडेर लगेपछि उनको राखीमात्रै होइन, जीवनभरका चाडपर्वलाई खल्लो बनाइदिएको छ । आफ्ना दाजुभाइसँगको निभाको अनुभूति उनकै शब्दमा ः

मन परेपछि जसले पनि प्रस्ताव राख्न पाउँछ

काठमाडौंको लाजिम्पाटमा जन्मिएकी शकुुन्तला शर्माले युुवक माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरिन् । ११ वर्षको उमेरमै उनले ‘पलाँसको फूल’ नामक नाटकबाट अभिनय यात्रा सुुरु गरेकी हुुन् । पढाइ छाडेर अभिनयमा लागेको भन्दै घरमा राख्दिनँ, निकालिदिन्छुु भन्थे उनलाई । छोरीमान्छे अभिनयमा लागेको राम्रो नमान्ने समयमा उनी भागीभागी नाटकमा अभिनय गर्न जान्थिन् । तर गीत गाउन, नाच्न र अभिनय गर्न उनले विद्यालयबाट भने निकै प्रोत्साहन पाउने गर्थिन् । २०२३ सालदेखि रेडियोमा काम गर्न थालेकी शकुुन्तलाले २०२६ देखि २०६६ सालसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा काम गरिन् । यता आए पनि रेडियो नाटकमा अभिनयलाई निरन्तरता दिएकी उनले हालसम्म ७० भन्दा बढी नाटक, एक दर्जनभन्दा बढी चलचित्र र आठवटाभन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेकी छन् । पति हरिहर शर्मासँग चलचित्र ‘बदलिँदो आकाश’, ‘वासुुदेव’, ‘मायाप्रीति’, ‘सन्तान थरीथरीका’, ‘चेलीबेटी’लगायतका चलचित्रमा अभिनय गरेकी कलाकार शकुुन्तला शर्मा बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा ः

Friday, September 18, 2015

किताबले कुरा बुझायो

नेपाली पत्रकारितामा मोहन मैनाली परिचित नाम हो । २०४६ देखि ‘दैनिक समाज’ पत्रिकाबाट पत्रकारिता सुरु गरेका मैनालीले नेपाल वातावरण पत्रकार समूहमा लामो समय काम गरे । यसमार्फत ‘आँखीझ्याल’ नामक भिडियो पत्रिकामा काम गर्दै कार्यकारी निर्मातासम्मको जिम्मेवारीमा रहेका मैनालीले त्यसपछि ‘स्पटलाइट’ नामक अंग्रेजी साप्ताहिकमा पनि काम गरे । लन्डनस्थित जेमिनी न्युज सर्भिस, हिमाल खबरपत्रिकालगायतका माध्यममा काम गर्दै उनले छापा र टेलिभिजन दुवैको अनुभव बटुलेका छन् । हाल उनी पानस साउथ एसियाले सञ्चालन गरेको न्युज पोर्टल साउथ एसिया चेक डट ओआरजीको सम्पादक हुन् । अंग्रेजी र नेपाली दुवैमा रहेको यस पोर्टलमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले बोलेका कुराको तथ्य परीक्षण गर्ने काम गरिन्छ । आफ्ना फिचर र वृत्तचित्रमार्फत देशविदेशमा ख्याति कमाउनुका साथै ‘उपल्लो थलो’ र ‘मान्ठा हराएको जुग’ पाठकमाझ ल्याइसकेका मैनालीले आफ्नो किताब यात्राका बारेमा अन्नपूर्णकर्मी रामकला खड्कासँग गरेको कुराकानी .....

मलाई हेर्न कलेजमै आउनुुुुभयो

गोर्खाबाट एसएलसीसम्मको पढाइ सकेपछि कलेज पढ्न सिर्जना सिंह काठमाडौं आइन् र महाबौद्धस्थित नर्सिङ कलेजमा पढ्न थालिन् । ९ कक्षामा छँदा २०३३ सालमै नेपाली काँग्रेसको सदस्यता लिएकी सिर्जना कलेजमा पनि विद्यार्थी राजनीतिमा सक्रिय रहिन् । नर्सिङमा पहिलो श्रेणीमा उत्तीर्ण भएपछि उनलाई नेपालगन्ज नर्सिङ क्याम्पसमा पढाउन पठाइयो । तर उनका बुुुुवाले छोरीलाई नेपालगन्ज पठाउन नचाहेपछि अर्थशास्त्रमा प्राइभेट आईए पढिसकेकी सिर्जना शंकरदेव कलेजमा बीकम भर्ना भइन् । नर्सिङ क्याम्पसमा पढुुुुन्जेल नेबि संघ एकाइ सभापति रहेकी सिर्जनाले शंकरदेव गएपछि युुुुनियनमा कोषाध्यक्ष जितिन् । विद्यार्थी जीवनमा पटक पटक गिरफ्तारीमा परेकी सिर्जनाले त्यतिबेला थुुुुप्रै क्रियाकलापमा सक्रिय रहिन् । २०३६ सालमा महिला बहुुदल प्रचारप्रसार समितिको गोरखा जिल्ला सभापति भइसकेकी सिर्जना हाल नेपाल महिला संघको काठमाडौं जिल्लाको प्रमुुुुख सल्लाहकार छिन् । सर्वोच्च नेता गणेशमान सिंह र मंगलादेवी सिंहकी बुुहारी एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना हाल विभिन्न सामाजिक काममा सक्रिय छिन् । सिर्जना बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा ः

Friday, August 28, 2015

जीवनसाथी बनाउन कसैलाई हेरिनँ


प्यूठानमा जन्मिएका हरिहर शर्माले स्कुुुुले जीवन आसाममा बिताए । बुुुुवाको जागिरको सिलसिलामा उनको विद्यालय शिक्षा उता भए पनि क्याम्पस पढ्न काठमाडौं नै आए । डाक्टर बन्ने लक्ष्य राखेका हरिहर अस्कल क्याम्पसमा भर्ना भए । विद्यालयदेखि नै नाटकमा अभिनय गर्दै आएका हरिहरको त्यो सोख क्याम्पस जीवनमा अझ झाँगियो । पढाइमा अब्बल भए पनि कलाकारितामा उनको झुुुुकावले स्नातक तहमा विषय नै परिवर्तन गरे । सामान्य प्रशासन विषयमा स्नातकोत्तर पूरा गरेका हरिहरले २०३० सालमा कलाकारका रूपमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा जागिरे जीवन सुुुुरु गरे । प्रतिष्ठानमा सदस्यसचिवसम्मको जिम्मेवारीमा रही २०६९ मा अवकाश लिए । २०५३ देखि २०६१ सालसम्म राष्ट्रिय नाचघरमा पनि उनले सेवा पुुुु¥याए । नाचघरको हालको भवन निर्माणमा पहल गर्ने हरिहरले त्यहाँ महाप्रबन्धकसम्मको पदमा रहेर काम गरे । ७० भन्दा बढी नाटक, ७२ वटा चलचित्र र १० भन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेका हरिहर बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ः