विद्यालयमा पढाइमा तेजिलो
म विद्यालयमा कक्षा तीनसम्म सधैं पहिलो हुुुुन्थेँ । त्यसैले पनि कक्षा १ बाट ३, ३ बाट ५ गरेर कक्षा बढाउँदै पढेँ । एसएलसी दिन १५ वर्ष पार हुुुुनुुुुपर्ने नियम भएकाले मैले १४ वर्षमै उमेर बढाएर परीक्षा दिएको थिएँ ।
कलेजमै आउनुुुुभयो
चीनकाजी श्रेष्ठलगायत गोरखाका जिल्ला नेताहरूलाई छोराको बिहे गर्नुुुुप¥यो भनेर आमाले कुुुुरा गर्नुुुुभएको रहेछ । त्योभन्दा धेरैअगाडि नै उहाँ काठमाडौं जिल्लाकै नेविसंघ सभापति भइसक्नुुुुभएको थियो । एमएस्सीमा डिस्टिङ्सन ल्याएपछि उहाँ त्रिचन्द्र कलेजमा पढाउनुुुुहुुुुन्थ्यो । पछि पीएचडी गर्न दिल्ली जानुुुुभएको थियो । त्यति बेला सत्याग्रह सुुुुरु हुुुुँदै थियो । सत्याग्रहमा जेल जाने मानिस कम भएकाले जेल जानलाई उहाँ पीएचडी छाडेर नेपाल आउनुुुुभयो । हाम्रो विवाहको कुुुुरा चलेपछि उहाँ मलाई हेर्न शंकरदेवमा आउनुुुुभयो । नवीन्द्रराज जोशीका दाइ पनि त्यहीँ पढ्ने । उहाँहरू गफ गर्न आउँदा हामी भागिहाल्थ्यौं । उहाँले त मलाई देख्नुुुुभयो तर मलाई त उहाँ हेर्न आउनुुुुभएको भन्ने थाहै थिएन । पछि चीनकाजी दाइहरूले पनि मसँग यसबारेमा कुुुुरा गर्नुुुुभयो ।
पाटीको कार्यक्रमजस्तै भयो विवाह
सत्याग्रह सकिएपछि २०४२ साल फागुुुुन २८ गते मेरो विवाह भएको हो । आमा, बा र परिवारका अन्य सबै सदस्य जेलबाटै छुुुुटेर विवाहको कुुरा छिन्न गोरखा आउनुुुुभएको थियो । विवाहमा मेरा ससुुुुरा गणेशमान सिंह, किसुुुुनजी, गिरिजाबाबुुुु, शेरबहादुुुुर देउवा, रामचन्द्र पौडेललगायतका नेता र कार्यकर्ता सबै थिए । विवाह पार्टीकै कार्यक्रमजस्तो भएको थियो । गोर्खामा हाम्रो हुुुुनेखाने परिवार भए पनि जन्तीलाई बस्न मेच नपुुुुगेर स्कुुुुलका डेस्कबेन्चहरू सबै ल्याउनुुुु परेको थियो । त्यहाँका स्थानीय कार्यकर्ता त व्यवस्थापन समितिका सदस्यजस्ता देखिन्थे । घरका मानिसले नभ्याएर सबै काम उहाँहरूले सघाउनुुुुभएको थियो ।
घर सम्हालेरै बसेँ
विवाहपछि पनि राजनीतिक कार्यक्रममा भाग लिन मलाई पूर्ण स्वतन्त्रता थियो । सासू, ससुुुुरा, पति, जेठाजुुुुलगायतका सबै राजनीतिमा लागेकाले घर भद्रगोल र अस्तव्यस्त थियो । जिल्लाबाट आउने नेताहरूलाई एक छाक भए पनि मीठो खुुुुवाउन पाइन्छ भनेर बाले पार्टीको केन्द्रीय समितिको बैठक घरमै राख्नुुुुहुुुुन्थ्यो । किसुुुुनजी हरेक शनिबार हाम्रैमा खान आउनुुुुहुुुुन्थ्यो । हाम्रो घरमा आमाले छोराछोरीहरूलाई आफ्नो काम आफैँ गर्न लगाउनुुुुहुुुुन्थ्यो । बाले आफ्नो लुुुुगा आफैं धुुुुने र बिहान म उठ्दा स्टोभ पुुुुछेर चियाका लागि पानी तताइदिनुुुुहुुुुन्थ्यो । चामलमा ढुुुुंगा लाग्छ भनेर चोकमा बाटा र किस्ती लगेर आफैँ चामल केलाइदिनुुुुहुुुुन्थ्यो । त्यसैले म आफैंले रोजेर सक्रिय राजनीतिभन्दा टाढै बसी आफ्ना दुुई छोराहरू प्रभास र भाष्करलाई राम्रोसँग हुुर्काउनुुका साथै परिवार सम्हाल्ने निर्णय गरेँ ।
विवाहपछि मात्रै कुुुुर्ता
व्यापारिक घरानामा जन्मेकाले म सानैदेखि पाइन्ट लगाउँथेँ । त्यसैले मलाई कुुुुर्ता त केटीले लगाउनेजस्तो लाग्थ्यो । म ‘टम ब्वाय’जस्तै थिएँ । कुुुुर्ता त मैले विवाहपछि मात्रै लगाउन थालेको हुुुुँ ।
नुुुुन हाल्न सासूको मद्दत
विवाहअगाडि चियासम्म बनाएको थिइनँ । यहाँ सबैले सबै काम गर्ने चलन थियो । भान्छामा बसेपछि कहिले नुुुुनको भाँडो लिएर त कहिले जीराको भाँडो लिएर कति हाल्ने भन्दै आमालाई सोध्न जान्थेँ । आफ्नो संस्कृति सबै जोगाउनुुुुपर्छ भन्ने बाआमाको मान्यता थियो । हामीले नगरे पछिल्लो पुुस्ताले पनि गर्दैन भनेर आमा भन्नुुहुुन्थ्यो । त्यसैले सबै चाडमा भोज खानैपर्ने थियो । मैले पनि विस्तारै गर्दै, सिक्दै गएँ ।
बिहेको २६ वर्षपछि एमए
विवाहको २६ वर्षपछि स्नातकोत्तर भर्ना भएर दुुुुई वर्षअगाडि सकाएँ । एमफिल गर्ने धोको थियो तर जहाँ गए पनि जाँच छ भनेर तनाव हुुुुने भएकाले पढिनँ । पढाउनेहरूले पनि भाउजू भन्ने भएकाले उनीहरूका अगाडि थोरै अंक आउला कि भन्ने डर लाग्ने । पहिलो वर्ष सबै क्लियर गरेँ । अर्को वर्ष पार्टीको अधिवेशनमा उहाँको महामन्त्रीको चुुुुनाव परेकाले सबै पास भइनँ । अर्को वर्ष मेरो पाठेघरको शल्यक्रियाले गर्दा जाँच दिन पाइनँ । मैले पूरा तयारी गरे पनि डा. सुुुुपात्रा कोइरालाले तिमीलाई केमो दिने कि जाँच दिने भनेपछि उपचारमै लागेँ । चौथो वर्ष १६ नं. वडाका गृहिणीका बारेमा थेसिस गर्दै स्नातकोत्तर पूरा गरेँ ।
प्रस्तुुुुति ः रामकला खड्का
२०७२ असोज १ मा अन्नपूर्ण पोष्टमा प्रकाशित
No comments:
Post a Comment