Sunday, August 2, 2015

त्यतिबेलाका केटी साह्रै लजालुु : गायक प्रेमध्वज प्रधान


‘घुुम्तीमा नआऊ है’, ‘तारामात्रै होइन तिमीलाई’ लगायतका अनगिन्ती लोकप्रिय गीत गाएका प्रेमध्वज प्रधानले आफ्ना पुराना चर्चित गीत संग्रहित गरेर ‘परेलाले डाकुुँ डाकुुँ’ एल्बम निकालेका छन् । २०१४ सालमा उनले तारादेवीसँग गाएको भूपि शेरचनको गीत ‘यो नेपाली शिर उचाली’ अहिले पनि त्यतिकै लोकप्रिय छ । रेडियो नेपालमा २०२३ सालसम्मको अवधिमा उनले बिना रेकर्डिङ सयभन्दा बढी गीत गाएका थिए । उनको स्वरमा तीन सय आधुुनिक गीतका साथै राष्ट्रिय गीत, भजन, लोकगीत र नेपाल भाषाका गीत पनि त्यतिकै गाएका छन् । नेपाली सांगीतिक क्षेत्रमा जिउँदो इतिहासका रूपमा रहेका प्रेमध्वज बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ।

आमा पहिलो गुुरु
म साढे ६ वर्षको हुुँदा आमा र बाबुु छुुट्टिनुु भएको हो । म बुुवाको व्यापारमा सघाउँथेँ भने सांगीतिक काम आमासँग गर्थें । परिवारमा जुुजुुबाजेदेखि नै शास्त्रीय संगीतका सौखिन थिए । मेरी आमा प्राणदेवी प्रधान (तुुलाधर) ले उस्ताद भैरवबहादुुर थापाको संगीतमा २००७ सालमै रेडियोमा गीत गाउनुुभएको थियो । त्यसैले सांगीतिक क्षेत्रमा मेरो पहिलो गुुरु मेरो आमा नै हो ।

एउटा गीत गाउँदा १० रुपैयाँ
२००९ सालमा म साथीसँग रेडियो नेपालमा गएको थिएँ । त्यहाँ प्रत्येक आइतबार स्वरपरीक्षा लिइने रहेछ । म त्यहाँ पुुग्दा कलानाथ अधिकारीको छोरी पनि स्वर परीक्षाको लागि रियाज गरिरहनुुभएको देखें । त्यतिबेला नेपाली गीत थिएन, हिन्दी मलाई पनि आउँथ्यो । अझै उहाँले गाएको हेर्दा त त्योभन्दा राम्रो गाउन सक्छुु जस्तो लाग्यो । मैले चलचित्र ‘दिले नादान’को ‘जिन्दगी देनेवाले’ बोलको गीत हार्मोनियम बजाएर गाइदिएँ र क       श्रेणीमा उत्तीर्ण भएँ । स्वरपरीक्षा पछि मैले पहिलोपटक भैरवबहादुुर थापाकै गीत र संगीतमा ‘याद कसैको आइरहेछ’ बोलको गीत गाएँ । क       श्रेणीमा पास भएकालाई महिनामा दुुईतीनवटा गीत गाउन दिन्थे रेडियोमा । एउटा गीतको १० रुपैयाँ पाइन्थ्यो । ख र ग       श्रेणीमा पास हुुनेले क्रमशः आठ र पाँच रुपैयाँ पाउँथेँ ।

संस्कृतले डुबायो
विद्यालय पढ्दैदेखि गीतसंगीतमा असाध्यै सौख । भोलिपल्ट एसएलसी हुुँदा अघिल्लो दिन बेलुुकी १० बजेसम्म सिंंदरबारभित्रको टाउन हलमा तत्कालीन गायिका उर्मिलाको गीत सुुन्नलाई सांस्कृतिक कार्यक्रम हेर्न गएको थिएँ । भोलिपल्ट जाँच त दिएँ । तर संस्कृतमा ७ नम्बर नपुुगेर फेल भएँ । त्यसपछि एउटा व्यापारी र अर्का संगीतकारका साथमा दिल्लीमा भएको एक व्यापारिक प्रदर्शनी हेर्न जाने मौका पाएँ । त्यहाँबाट हामी बम्बई आएर दुुई महिना जति घुुम्यौं । त्यतिबेला त्यहाँका मानिसले बोलेका अंग्रेजी र उनीहरूको संगतले मलाई पढाइ पुुनः सुुरु गर्न प्रेरित ग¥यो । नेपाल फर्केर पद्मोदय स्कुुलमा १० मा भर्ना भई एसएलसी दिएँ र राम्रै अंकले पास गरेँ ।


रेडियोमा जागिर दिएन
गाउँमा हाम्रो जग्गाजमिन थुुप्रै भएकाले बुुवाको इच्छा छोरालाई एग्रिकल्चर इन्जिनियर बनाउने थियो । त्यसैले मैले २०१४ सालमा त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्न थालेँ । तर परीक्षाको केही समयअगाडि मलाई झाडापखाला र मिर्गौलामा सानो पत्थर देखिएकाले दुुई महिना थला परेँ । जसले गर्दा फिजिक्स र केमेस्ट्रीको प्राक्टिकल गर्न सकिनँ । मैले आमाको लागि केही गर्नुुपर्छ भनेर जागिर खोजेँ । त्यतिबेला अरू गायकगायिकालाई रेडियोमा सय रुपैयाँ दिइन्थ्यो । मैले ५० रुपैयाँमा गर्छुभन्दा पनि जागिर दिएनन् । पछि अमेरिकन लाइब्रेरीमा काम पाएँ । यसको एक वर्षपछि मैले रात्रि कलेजमा आईए पढेँ ।

पहिलो एल्बम बम्बईमा
सन् १९६५ मा माइतीघरको ‘नमान लाज यस्तरी’ बोलको गीत रेकर्डिङको लागि बम्बई गएको थिएँ । फेरि जान मन लागेर चार वर्षपछि एक वर्षको बेतलबी बिदामा उता गएँ । त्यहाँ आठ महिना बसाइको क्रममा आफ्नै लगानीमा पोलिडर कम्पनीबाट ‘हिमालयन ब्याङक्वेट फ्रम सिङगिङ काठमाडौं’ शीर्षकको एल्बम निकालेँ । एल्मबमा १० वटा गीत थिए ।

महेन्द्रको राज्याभिषेकमा पाइन्ट
द्वारिकादास       श्रेष्ठले खिचापोखरीमा एउटा जिम क्लब खोल्नुुभएको थियो । हामी सबै त्यहाँ व्यायाम गर्न जान्थ्यौं । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको दिन सानो टँुुडिखेलमा त्यही जिममा आउने करिब ५० जना जति केटाले रानी रत्नको नामको पहिलो अक्षर आर बनाएका थियौं । त्यसैगरी केटीको अर्को समूहले महेन्द्रको एम आकार बनाएका थिए । त्यतिबेला केटा समूहको नेतृत्व मैले गरेको थिएँ । हामी सबैलाई त्यतिबेला सेतो सर्ट, सेतै पाइन्ट र सेतो जुुत्ता दिइएको हो । मैले पाइन्ट पहिलोपटक लगाएको त्यहीं हो ।

प्रेममा मन गएन
मेरो आमाबुुवाको प्रेम विवाह । तर सम्बन्ध चाँडै टुुटेकाले प्रेम गर्नेतर्फ मन कहिल्यै आकर्षित भएन । त्यतिबेलाका केटीहरू साह्रै लजालुु हुुन्थे । पछि आमाले खोजिदिनुुभएको किरणदेवीसँग मेरो विवाह भयो । मेरा दुुई छोरामध्ये प्रसन्नध्वज प्रधान सफ्टवेयर इन्जिनियर भए पनि दुुईवटा एल्बम निकालिसक्यो भने कविरध्वज प्रधान खेलाडी हो ।
प्रस्तुुति : रामकला खड्का

No comments:

Post a Comment