Friday, September 25, 2015

मन परेपछि जसले पनि प्रस्ताव राख्न पाउँछ

काठमाडौंको लाजिम्पाटमा जन्मिएकी शकुुन्तला शर्माले युुवक माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरिन् । ११ वर्षको उमेरमै उनले ‘पलाँसको फूल’ नामक नाटकबाट अभिनय यात्रा सुुरु गरेकी हुुन् । पढाइ छाडेर अभिनयमा लागेको भन्दै घरमा राख्दिनँ, निकालिदिन्छुु भन्थे उनलाई । छोरीमान्छे अभिनयमा लागेको राम्रो नमान्ने समयमा उनी भागीभागी नाटकमा अभिनय गर्न जान्थिन् । तर गीत गाउन, नाच्न र अभिनय गर्न उनले विद्यालयबाट भने निकै प्रोत्साहन पाउने गर्थिन् । २०२३ सालदेखि रेडियोमा काम गर्न थालेकी शकुुन्तलाले २०२६ देखि २०६६ सालसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा काम गरिन् । यता आए पनि रेडियो नाटकमा अभिनयलाई निरन्तरता दिएकी उनले हालसम्म ७० भन्दा बढी नाटक, एक दर्जनभन्दा बढी चलचित्र र आठवटाभन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेकी छन् । पति हरिहर शर्मासँग चलचित्र ‘बदलिँदो आकाश’, ‘वासुुदेव’, ‘मायाप्रीति’, ‘सन्तान थरीथरीका’, ‘चेलीबेटी’लगायतका चलचित्रमा अभिनय गरेकी कलाकार शकुुन्तला शर्मा बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा ः




काँडाको झाङमा किताब


त्यति बेला अभिनयको क्षेत्रमा लाग्ने परिवारमै कोही थिएन । त्यसैगरी समाजमा पनि यसलाई राम्रो नजरले हेरिन्न थियो । त्यसैले स्कुुल जाँदा भागीभागी नाटकमा जाने गर्थें । पढ्न जाने भन्दै काँडाको झाङमा किताब लुुकाएर हिँड्ने अनि बेलुुकी फर्कंदा फेरि लिएर जाने गर्थें । त्यति बेला बाटोमा पनि मोटर धेरै हुुने थिएन । जति बेला जहाँ गए पनि सुुरक्षित नै भइन्थ्यो ।

उद्घोषणको सट्टा नाटकमा


रेडियोमा उद्घोषक मागिएको थियो । विश्व वल्लभ र म अन्तर्वार्ताका लागि गयौं । म पास भएछुु । माइकमा बोल्दा स्वर राम्रो सुुनियो । दुुईतीनपटक उद्घोषण गरेपछि स्वर राम्रो भन्दै नाटकमा हालिदिए । रेडियोमा नाटक लेख्ने र अभिनय गर्ने साथी जितेन्द्रमहत अभिलासी हुुनुुहुुन्थ्यो । उहाँसँगै काम गर्न थालेँ । त्यहाँ मदनदास श्रेष्ठ पनि पहिलेदेखि नै नाटक खेल्नुुहुुन्थ्यो । मेरा असल मित्रहरूमा उहाँहरू नै पर्नुुहुुन्छ ।

स्क्रिप्टको पानै हराउँथ्यो


शनिबार दिउँसो १ बजे नाटक प्रसारण हुुन्थ्यो । रेकर्ड गर्ने चलन थिएन । हामीले बोलेका कुुरा सीधै श्रोतासामुु पुुग्थ्यो । हरिप्रसाद रिमाल, श्यामदास वैष्णव दाइहरूले यसको क्यारेक्टर यो भनेर सम्झाएपछि म उहाँहरूले सोचेजस्तै हुुबहुु गरिदिन्थेँ । कहिलेकाहीँ स्क्रिप्टको पानै हराउँथ्यो । पाना खोज्ने बेलासम्म आफैं बनाएर बोलिन्थ्यो । रुन पर्ने बेलामा पनि एकदुुई शब्द आफ्नै हालेर रुँदा मान्छेको मन तान्न सकिन्थ्यो । रेडियो नाटक सुुन्नेले मान्छे नदेखे पनि आवाज निकै मन पराउँथे । आवाजको दुुनियाँमा निकै नाम थियो । देशका ठाउँठाउँबाट प्रशंसाका चिठी आउँथ्यो ।

भगवतीका नाटक लोकप्रिय


मैले सधंै बालकलाकारको भूमिकामा बाहेक मुुख्य भूमिकामा नै अभिनय गरेँ । सामाजिक र धार्मिक नाटक बढी छन् । दसैंको बेला भगवतीको अनि तिहारमा लक्ष्मीको नाटक मानिसले अहिलेसम्म पनि बिर्सन सकेका छैनन् । मलाई आज पनि भेटेकामध्ये कतिले खोइ त पहिलेको जस्तो रेडियो नाटक सुुन्नै पाएको छैन भन्छन् । अनि कतिपय श्रोताले त खोइ त भगवतीको नाटकसमेत भन्ने गरेका छन् ।

छोरो पाएपछि पनि विवाह प्रस्ताव


नाटकमा तपाईंले गरेको अभिनय राम्रो लाग्यो भनेर भेट्न मन गर्ने धेरै हुुन्थे । साना केटाकेटीदेखि बूढाबूढीसम्मले पनि यस्ता चिठी लेख्थे । कसैले चिठीमा भगवती नानी भनेरै सम्बोधन गर्थे । जुुन बेला मैले छोरोसमेत पाइसकेको थिएँ, त्यति बेला तपार्इंसँग विवाह गर्न चाहन्छुु भनेरसमेत लेख्ने मानिस थिए । मन परेपछि त जसले पनि प्रस्ताव राख्न पाउँछ नि ।

विवाह गरौं, म माग्न पठाउँछुु भन्नुुभयो


उहाँ लैनचौर होस्टेलमा बस्ने, म लाजिम्पाटमा । अफिसबाट आउँदा घरसम्म छाडिदिनुुहुुन्थ्यो । अफिसमा पनि नाटककै काम । मन पराउँछुु भनेर उहाँले पनि भन्नुुभएन, मैले पनि भनिनँ । पछि एकैचोटि विवाह गरौं, म माग्न पठाउँछुु भन्नुुभयो । नृत्य निर्देशक वसन्त श्रेष्ठकी सासू मेरो आफन्त पर्नुुहुुन्थ्यो । उहाँमार्फत नै विवाहको कुुरा अगाडि बढेको हो ।

प्रस्तुुति ः रामकला खड्का , अन्नपूर्ण पाेष्टमा असाेज ८

No comments:

Post a Comment