Friday, August 28, 2015

जीवनसाथी बनाउन कसैलाई हेरिनँ


प्यूठानमा जन्मिएका हरिहर शर्माले स्कुुुुले जीवन आसाममा बिताए । बुुुुवाको जागिरको सिलसिलामा उनको विद्यालय शिक्षा उता भए पनि क्याम्पस पढ्न काठमाडौं नै आए । डाक्टर बन्ने लक्ष्य राखेका हरिहर अस्कल क्याम्पसमा भर्ना भए । विद्यालयदेखि नै नाटकमा अभिनय गर्दै आएका हरिहरको त्यो सोख क्याम्पस जीवनमा अझ झाँगियो । पढाइमा अब्बल भए पनि कलाकारितामा उनको झुुुुकावले स्नातक तहमा विषय नै परिवर्तन गरे । सामान्य प्रशासन विषयमा स्नातकोत्तर पूरा गरेका हरिहरले २०३० सालमा कलाकारका रूपमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा जागिरे जीवन सुुुुरु गरे । प्रतिष्ठानमा सदस्यसचिवसम्मको जिम्मेवारीमा रही २०६९ मा अवकाश लिए । २०५३ देखि २०६१ सालसम्म राष्ट्रिय नाचघरमा पनि उनले सेवा पुुुु¥याए । नाचघरको हालको भवन निर्माणमा पहल गर्ने हरिहरले त्यहाँ महाप्रबन्धकसम्मको पदमा रहेर काम गरे । ७० भन्दा बढी नाटक, ७२ वटा चलचित्र र १० भन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेका हरिहर बैंसमा कस्ता थिए त ? उनकै शब्दमा ः


पहिलो नाटक ‘आमाको पुुुुकार’

२०२३ सालमा मैले पहिलो नाटक ‘आमाको पुुुुकार’मा काम गरेको हुुुुँ । देशभक्तिसम्बन्धी उक्त नाटक आसाममा हुुुुँदा गरेको हुुुुँ । नाटकमा मैले सिपाहीको भूमिकामा अभिनय गरेको थिएँ । त्यसपछि विस्तारै ‘जीवन बिमा’, ‘ श्री ५ पृथ्वीनारायण शाह’, ‘अन्धाको पनि आँखा खुुुुलेको हुुुुन्छ’, ‘फर्केर हेर्दा’, ‘स्मृतिको पर्खालभित्र’लगायतका नाटकमा अभिनय गर्दै गएँ । अरूको अभिनयको समीक्षा पनि गर्थें ।
म त्यति बेला आफूले अभिनय गर्नेमात्रै होइन, अरूका नाटक र चलचित्र पनि पाएसम्म हेर्थें । त्यति बेला प्रायः हिन्दी चलचित्र हेरिन्थ्यो । नेपाली बन्न थालेपछि ‘आमा’, ‘माइतीघर’लगायतका चलचित्र हेरेर समीक्षा गर्ने गरिन्थ्यो । तर उसले गरेजस्तै गर्छुुुु भनेर नक्कल गर्ने वा कसैबाट प्रभावित हुुुुने भन्ने मैले कहिल्यै गरिनँ ।

साथीभाइसँग घुुुुलमिल

मेरो स्वभाव अहिले जस्तो छ , त्यति बेला पनि उस्तै थियो । साथीभाइसँग घुुुुलमिल हुुुुने, रमाइलो गर्ने, खेल्ने, हाँसो गर्ने गरिन्थ्यो । म आउट डोर गेम त त्यति खेल्ने थिइनँ, इन्डोर मन पथ्र्यो । टेबुुुुलटेनिस मन पथ्र्यो । त्यसैगरी वक्तृत्वकला, हाजिरिजवाफ आदिमा पनि राम्रै थिएँ ।

साथीभाइका मि िश्रत प्रतिक्रिया

मेरो साथीभाइको समूह निकै राम्रो थियो । सबैले मेरो पढाइ एवं कलाकारिता जीवनलाई राम्रै मान्थे । मेरो भविष्यलाई लिएर साथीहरूको मि िश्रत प्रतिक्रिया आउँथ्यो । कोही आफ्नो उद्देश्यअनुुुुसार डाक्टर बन्नुुुुपर्छ भन्थे भने कसैले होइन तिमी त कलाकार नै बन्नुुुुपर्छ भन्थे ।

मन पराउने धेरै थिए

मेरा नाटक हेरेर मलाई मन पराउने धेरै थिए । त्यसमा केटी साथी पनि थुुुुप्रै थिए । मलाई देखेपछि प्रसन्न हुुुुने साथीहरू पनि थिए । कतिलाई त मैले पनि मन पराउँथेँ तर जीवनसाथी नै बनाउने रूपमा कसैलाई हेरिएन र मलाई पनि विवाह गर्ने रूपबाट मन पराएको स्थिति थिएन ।

मैले चिन्दै उनी चर्चाको शिखरमा

२०३० सालमा प्रतिष्ठानमा जागिर भइसकेपछि शकुुुुन्तलासँग भेट भएको हो । म त्यहाँ पस्दा उनी रेडियो नाटकबाट चर्चाको शिखरमा पुुुुगिसकेकी थिइन् । उनको आवाज मलाई साह्रै मन पथ्र्यो । एकेडेमीमा देख्नासाथ मन परिहालेको चाहिँ होइन । पहिले साथी भइयो, विस्तारै एकअर्कालाई मन पराउन थालियो अनि २०३३ सालमा विवाह भयो ।
प्रस्तुुुुति ः रामकला खड्का र  अन्नपूर्ण पोष्टमा भदौ ११ गते प्रकाशित

No comments:

Post a Comment